काठमाडौं । सरकारले सोमबारदेखि अग्रपंक्तिमा खटिने व्यक्तिहरुका लागि कोरोनाविरुद्धको बुस्टर खोप दिन थालेको छ ।
अग्रपंक्तिमा खटिने व्यक्तिहरुको सूची तयार पारेर सरकारले खोप दिन सुरु गरेको हो ।
अग्रपंक्तिमा खटिने व्यक्तिहरुको सूचीमा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा सम्पूर्ण कर्मचारी, सुरक्षाकर्मी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, फोहोर संकलन तथा सरसफाइकर्मी, एम्बुलेन्स तथा शव...