तनहुँमा कोरोनाविरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको छ । कोरोनाविरुद्धको दोस्रो मात्राको खोप लगाएको ६ महिना पुरा भएकालाई बुधबारदेखि बुस्टर खोप दिन थालेको स्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी शंकरबाबु अधिकारीले बताए ।बुधबार पहिलो दिन १३२ जनालाई बुस्टर खोप लगाइएको उनले जानकारी दिए । स्थानीय तहको स्वास्थ्य शाखामार्फत नै बुस्टर खोप अभियान चलाइएको उनले बताए । ‘पहिलो चरणमा फ्रन्टलाइनर स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, सुरक्षाकर्मी, जनप्रतिनिधि, एम्बुलेन्स चालक, सञ्चारकर्मी लगायतलाई बुस्