महासंघमा उमेशलाल श्रेष्ठ प्यानलको उम्मेदवारी दर्ता

२१ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठ समूहले उम्मेदवारी दर्ता गरेको छ । मंगलबार एक विशेष कार्यक्रमका बीच उक्त समूहले महासंघ केन्द्रीय कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएको हो । सो समूहबाट जिल्ला तथा नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, एसोसिएट्स उपाध्यक्षमा भरत आचार्य र वस्तुगत उपाध्यक्षमा हेमराज ढकालले उम्मेदवारी […]

सम्बन्धित सामग्री

उद्योग वाणिज्य महासंघको साधारणसभा आजबाट, नयाँ नेतृत्व भोलि छानिँदै

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को ५७ औं वार्षिक साधारण सभा (AGM) आज (मंगलवार)बाट शुरु भएको छ । साधारण सभाले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ । साधारणसभाबाट हाल महासंघका वरिष्ठ उपाध्यक्ष रहेका चन्द्र ढकाल स्वतः अध्यक्ष हुनेछन् । महासंघको विधानमा अघिल्लो कार्यकाल वरिष्ठ उपाध्यक्ष रहेका व्यक्ति आगामी कार्यकाल स्वत: अध्यक्ष हुने व्यवस्था छ । साधारणसभामा वरिष्ठ उपाध्यक्ष लगायतका पदका लागि भने बुधवार निर्वाचन हुनेछ । बुधवार बिहान ८ बजेबाट नेपाल प्रज्ञा प्रतिष्ठानमा मतदान हुने महासंघले जनाएको छ । निर्वाचनमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र कार्यकारिणी सदस्य गरी ६४ पदका लागि ११८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।  उद्योग वाणिज्य महासंघको १ वरिष्ठ उपाध्यक्षका लागि ३ जना, ३ उपाध्यक्षका लागि ८ जना र ५८ सदस्यका लागि १०४ जना उम्मेदवारले निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । महासंघको चुनावमा वरिष्ठ उपाध्यक्षको चयनलाई चासोका साथ हेरिएको छ ।  वरिष्ठ उपाध्यक्ष पछिल्लो कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधानका कारण पनि यो पदप्रति व्यापक आकर्षण देखिन्छ । त्यसमाथि यसपालि पहिलो पटक वरिष्ठ उपाध्यक्षमा तीन जनाको उम्मेदवारी परेकाले पनि भिडन्त थप रोचक बनेको छ । वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्षद्वय रामचन्द्र संघाई र अञ्जन श्रेष्ठ एवं पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ गरी तीन जनाको उम्मेदवारी परेको छ । उद्योग वाणिज्य महासघंको विधान अनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन उम्मेदवारले कुल खसेको मतको ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने हुन्छ । कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत पहिलो चरणको मतदानमा प्राप्त गर्न नसकेमा दोस्रो चरणको मतदान हुनेछ । दोस्रो चरणमा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच मात्रै प्रतिस्पर्धा हुने महासंघले जनाएको छ ।  वरिष्ठ उपाध्यक्ष बाहेकका उम्मेदवारको हकमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली लागू हुनेछ । यो निर्वाचन प्रणालीबाट उपाध्यक्ष र कार्यकारिणी सदस्यहरू निर्वाचित हुनेछन् ।  वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका तीनै जनाले आ-आफ्नो प्यानल बनाएकाले को हुँदा तीनओटै प्यानलबीच आगामी निर्वाचनमा प्रतिस्पर्धा हुनेछ । वर्तमान उपाध्यक्षसमेत रहेका रामचन्द्र संघाईले आफ्नो समूहबाट जिल्ला–नगर उपाध्यक्षमा सुरजकृष्ण वैद्य, वस्तुगत उपाध्यक्षमा सकुन्तलाल हिराचन र एशोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठलाई उमेदवार बनाएका छन् ।  त्यस्तै पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठले आफ्नो समूहबाट जिल्ला–नगर उपाध्यक्षमा अहिले पनि यही पदमा रहेका दिनेश श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाललाई उमेदवार बनाएका छन् । वर्तमान उपाध्यक्ष अञ्जन श्रेष्ठले आफ्नो समूहबाट जिल्ला–नगर उपाध्यक्षमा अरुण सुमार्गी र वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधानलाई उमेदवार बनाएका छन् ।  उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ दुवैको समूहबाट एशोसिएट उपाध्यक्षमा भरतराज आचार्य नै उम्मेदवार छन् ।

चुनावमय बन्यो उद्योग वाणिज्य महासंघ, तीनओटा प्यानलबीच प्रतिस्पर्धा

काठमाडौं । मुलुकका उद्योगी व्यवसायीको सबैभन्दा ठूलो छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी माहोल बढेको छ । यही चैत २८ र २९ गते हुने उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभाबाट निर्वाचित हुने ६४ पदका लागि ११९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन समितिका अनुसार एक वरिष्ठ उपाध्यक्षका लागि तीन जना, तीन उपाध्यक्षका लागि आठजना र ६० सदस्यका लागि १०८ जनाको उम्मेदवारी परेको छ । महासंघको चुनावमा सबैभन्दा बढी चासोका साथ हेरिएको वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघई, उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठको उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्ष पछिल्लो कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधानका कारण पनि यो पदप्रति आकर्षण बढेको देखिन्छ । महासंघको इतिहासमा तीनओटा चुनावी प्यानल बनेको यो पहिलो पटक हो । वरिष्ठ उपाध्यक्षमा उम्मेदवार बनेका तीनैजनाले आआफ्नो प्यानल बनाएका छन् । त्यसैले आगामी निर्वाचनमा तीनओटा प्यानलबीच प्रतिस्पर्धा हुनेछ । वर्तमान उपाध्यक्षसमेत रहेका रामचन्द्र संघईले आफ्नो समूहबाट जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण वैद्य, वस्तुगत उपाध्यक्षमा सुकुन्तलाल हिराचन र एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठलाई उम्मेदवार बनाएका छन् । त्यस्तै पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठले आफ्नो समूहबाट जिल्लानगर उपाध्यक्षमा अहिले पनि यही पदमा रहेका दिनेश श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाललाई उम्मेदवार बनाएका छन् । वर्तमान उपाध्यक्ष अञ्जन श्रेष्ठले आफ्नो समूहबाट जिल्लानगर उपाध्यक्षमा अरुण सुमार्गी र वस्तुगत उपाध्यक्षमा मनीषलाल प्रधानलाई उम्मेदवार बनाएका छन् । उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ दुवैको समूहबाट एसोसिएट उपाध्यक्षमा भरतराज आचार्य उम्मेदवार रहेका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघको प्रावधानअनुसार साधारणसभासम्म वर्तमान अध्यक्ष शेखर गोल्छाको कार्यकाल रहनेछ । साधारणसभापछि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन व्यवस्था रहेको छ, जसअनुसार महासंघको अबको अध्यक्ष चन्द्र ढकाल हुनेछन् । यी दुवै जना हालसम्म पनि कुनै उम्मेदवारको पक्षमा खुलेका छैनन् । सोहीकारण पनि महासंघको निर्वाचनप्रति चासो बढेको छ ।

वरिष्ठ उपाध्यक्षका प्रत्यासी उमेशलाल समूहको उम्मेदवारी दर्ता

नेपाल उद्योग वाणिज्य महासङ्घको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठ समूहले उम्मेदवारी दर्ता

उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेद्वारी दर्ता

काठमाण्डौ – नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गर्नुभएको छ ।  बुधबार महासङ्घको केन्द्रीय कार्यालय टेकुमा ढकालसहित उहाँको प्यानलका सबै उपाध्यक्षका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराउनुभएको हो । ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्ला नगर...