कर्णालीका मुख्यमन्त्री शाहीको राजीनामा दिने तयारी

काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिने तयारी गरेका छन्। कांग्रेससँग भएको आलोपालोको सहमतिअनुसार मुख्यमन्त्री शाहीले राजीनामा दिने तयारी गरेको हुन्। आन्तरिक मामिला तथा कानुन मन्त्रालय तथा प्रदेश सरकारकी प्रवक्ता सीता कुमारी नेपालीले सहमतिअनुसार आजै सोमबार राजीनामा हुनसक्ने बताइन्। उनले भनिन्, ‘आज ५ बजेको लागि मन्त्रिपरिषद्को बैठक बोलाइएको छ। राजीनामाबारे कुनै निर्णय भएको छैन। त्यहाँ छलफल हुन्छ होला।’प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेसका प

सम्बन्धित सामग्री

केन्द्रलाई चुनौती दिँदै कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिने तयारी

सुर्खेत- कर्णाली प्रदेश सभाको बैठक आज बस्दै छ । मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मतको प्रक्रिया पुरा गरेर मात्र राजीनामा नदिने अडानका कारण मंगलबार बैठक बस्न सकेको थिएन । बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ । माओवादी केन्द्रको मंगलबार बसेको संसदीय दलको बैठकले बुधबार विश्वासको मत लिएर राजीनामा दिने निष्कर्षमा ...

राजीनामा दिँदै कर्णालीका मुख्यमन्त्री

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार बेलुकासम्म आफ्नो पदबाट राजीनामा दिने तयारी गरिरहेका छन् । कांग्रेससँगको पूर्वसहमति कार्यान्वयनका लागि मुख्यमन्त्री शाहीले राजीनामा दिने तयारी गरेका हुन् ।

कर्णालीका मुख्यमन्त्री शाहीले राजीनामा दिने

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजिनामा दिने भएका छन् । उनले सोमबार साझ पदबाट राजीनामा दिने तयारी गरेका छन् । काँग्रेससँगको पूर्वसहमति कार्यान्वयनका लागि मुख्यमन्त्री शाहीले राजीनामा दिन लागेका हुन् । शाहीले उक्त बिषयमा छलफल गर्न ५ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

कर्णालीमा दुई मन्त्रीले राजीनामा दिने, तीन जना थपिने

सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद हेरफेर गरेका छन् । वर्तमान मन्त्रिपरिषदमा रहेका दुई जनाले राजीनामा दिने र तीन जना नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरिएको छ । आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्रीमा विन्दमान विष्ट, जलस्रोत तथा ऊर्जा मन्त्रीमा सीता नेपाली र आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मालाई नियुक्ति सिफारिस गरिएको […]

कर्णाली मन्त्रिपरिषद हेरफेर : दुई मन्त्रीले राजीनामा दिने, तीन जना थपिने

२९ वैशाख, सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद हेरफेर गरेका छन् । वर्तमान मन्त्रिपरिषदमा रहेका दुई जनाले राजीनामा दिने र तीन जना नयाँ मन्त्री नियुक्त गर्ने तयारी छ । मुख्यमन्त्री निकट स्रोतका अनुसार आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्रीमा विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा मन्त्रीमा सीता नेपाली र आर्थिक मामिला तथा योजना […]