तिलोत्तमा नगरपालिकाको बजेट आकार बढ्यो

रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रदेशमै सबै भन्दा ठूलो आकारको बजेट ल्याउने पालिका बनेको छ । नगरपालिका मात्र रहेको तिलोत्तमाले धेरै बजेट ल्याउनेमा देशभरका ११ वटा उपमहानगरपालिकालाई उछिनेको छ । तिलोत्तमाकी उपमेयर जागेश्वरीदेवी चौधरीले आर्थिक वर्ष २०८०/०८१ को लागि २ अर्ब ७३ करोड ८४ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेकी हुन् । लुम्बिनी प्रदेशमा चार उपमहानगरसहित १०९ […]

सम्बन्धित सामग्री

३८ करोडले बढ्यो,  बुढानीलकण्ठ नगरपालिकाको बजेट

काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको बजेट ३८ करोडले बढेको छ । मेयर मिठाराम अधिकारीले आगामी आर्थिक वर्ष ०७९/८० का

म्याग्दी र बागलुङको भर्जिन गन्तव्य बेलढुंगामा पर्यटकको चहलपहल बढ्यो

असोज ४, म्याग्दी । प्राकृतिक दृश्यावलोकनका लागि अत्यन्त उपयुक्त स्थान हुँदाहुँदै पनि सडक र पूर्वाधारको अभावले ओझेलमा परेको पर्यटकीय स्थल बेलढुंगा बागलुङ र म्याग्दीको सदरमुकाम बेनीदेखि सडक सुविधा पुगेपछि एकाएक चर्चामा आएको छ । स्थानीयको निरन्तरको पहल, प्रयास, पूर्वाधार निर्माण र प्रचार प्रसारका कारण अहिले भर्जिन गन्तव्यको रुपमा बेलढुंगा क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढ्दो छ ।  म्याग्दीको बेनी नगरपालिका वडा नं ३ भकिम्ली र बागलुङको काँठेखोला गाउँपालिका वडा नं ३ धम्जाको शिरमा पर्ने बेलढुंगा समुद्री सतहदेखि २ हजार ६१८ मिटरको उचाइमा रहेको छ । यहाँबाट अन्नपूर्ण र धौलागिरि रेञ्जका १२ ओटा हिमश्रृंखला, म्याग्दी नदी, कालीगण्डकी सहित म्याग्दी र बागलुङ जिल्लाका खोला तथा झरनाको नागबेली दृश्य, साविकको धौलागिरि अञ्चलका चारओटै जिल्लाका तीन दर्जन बढि गाउँहरु, बनजङ्गल, जंगली जनावर र पंक्षीका साथै सूर्योदय र सूर्यास्तको रमणीय दृश्य देख्न सकिने बेनी नगरपालिका ३ भकिम्लीका वडाअध्यक्ष पदम पुनले बताए । पर्यटकीय सम्भावनालाई मध्यनजर गर्दै समुन्द्री सतहदेखि झण्डै दुई हजार ५०० मिटरको उचाइमा साइकल लेन निर्माण थालिएको छ । बागलुङ नगरपालिकाको प्रसिद्ध सर्वसिद्धिधाम पञ्चकोट र बेलढुंगा जोड्नका लागि पर्यटकीय पदमार्गसँगै साइकले लेन निर्माण शुरु गरिएको उनले जानकारी दिए । म्याग्दी र बागलुङको शिरबाट साइकल मार्फत बेलढुंगा हुँदै पञ्चकोटसम्म आवतजावतका लागि साइकल लेन निर्माण थालिएको हो । गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारको २० लाख र स्थानीयको एक लाख जनश्रमदानबाट एक हजार ७०० मिटर उचाईमा साइकल लेन निर्माण शुरु गरिएको हो । बेलढुंगादेखि कान्छो धौलागिरी नजिकै साइकल लेन पुगिसकेको छ । बागलुङको संसारकोटसम्म साइकल लेन निर्माणका लागि अध्ययन समेत भइसकेको छ ।  साइकल गुड्न सक्ने पदमार्ग निर्माण गरेपछि पैदल हिँड्ने पर्यटक र साहसिक यात्रा गर्न रुचाउने पर्यटकहरुलाई साइकल मार्फत यात्रा गर्न सहज हुने वेलढुंगा–पञ्चकोट पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रेम घर्ती मगरले जानकारी दिए ।  बेलढुंगादेखि पञ्चकोट सम्मको झण्डै ९ किलोमिटर मध्ये वेलढुंगाबाट केही सरकरात्मक रुपमा काम देखिएको छ । यसलाई पूर्णता दिन झण्डै दुई करोड बजेट लाग्ने अनुमान गरिएको छ ।  बेलढुंगा अलि दूर्गममा भएपनी पञ्चकोट सुगममा भएका कारण साइकल लेन निर्माण पछि सदरमुकामदेखि पाँच किलोमिटरमै पञ्चकोट पुगेका पर्यटकहरु साइकल र पर्यटक पदमार्ग मार्फत वेलढुंगा आउनेछन् र यहाँ आएका पर्यटकलाई घरबासमा राखेर अर्गानिक उत्पादन चखाउने योजना रहेको वेलढुंगा सामुदायिक घरबासका सचिव तथा स्थानीय समाजसेवी गोपाल श्रीसले बताए । ढुंगामाथि बेल आकारको ढुंगाबाट देखिने मनोरम हिमश्रृंखला र सुन्दर पहाडहरु यसको प्रमुख आर्कषण भए पनि २०७२ सालको भुकम्पले हल्लाएका कारण २०७७ भदौमा बेलढुंगाको माथिल्लो भाग खसेको थियो । अहिले पुनर्निर्माणले गति लिएको छ । अहिले वेलढुंगालाई पुनः व्यवस्थापन गरी पर्यटकीय सूचना बोर्ड समेत राखिएको छ । चारफिट चौडा साइकेल लेन समेत निर्माण गरिएको छ ।  बेलढुंगा प्राकृतिक सौन्दर्यावलोकनका लागि मात्रै होइन आध्यात्मिक चिन्तनका लागि पनि उपयुक्त स्थान मानिन्छ । भकिम्लीको स्वर्गाश्रमबाट करीब एक घण्टाको उकालो छिचोलेपछि बेलढुंगा पुग्ने मार्ग समेत निकै आकर्षक बनिरहेको छ । बेलढुंगाबाट धौलागिरी क्षेत्रका सम्पूर्ण तीर्थस्थलहरु, बाघ, भालु, चितुवा लगायतका बन्यजन्तु, डाँफे, मुनाल, बनकुखुरा लगायतका पंक्षी र चैत वैशाखमा राताम्यै फूलेका लालिगुराँसले यहाँ पुग्ने जोसुकैको मनलाई आकर्षित गर्नसक्ने भएकोले पछिल्लो समय यहाँ विशेष गरी म्याग्दी र बागलुङका आन्तरिक पर्यटकहरु दिनहुँ आउने गरेका स्वर्गाश्रम विकास समितिका अध्यक्ष रत्न जिसीले जानकारी दिए ।  चारैतिर घना जंगल, जंगलको विचभागमा चेप्टो बेल आकृतिको विशाल ढुंगा रहेकोले यस स्थानलाई बेलढुंगा नामाकरण गरिएको छिमेकी जिल्ला बागलुङको काठेखोला गाउँपालिका ३ धम्जाका वडाअध्यक्ष यामबहादुर श्रीषले बताए ।