भूकम्प प्रभावित जिल्लामा इन्टरनेट क्षमता अभिवृद्धि गरिने

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले भूकम्पबाट अतिप्रभावित ८ जिल्लामा ब्रोडब्याण्ड इन्टरनेटको क्षमता अभिवृद्धि गरिने बताएका छन् । उनले डिजिटल नेपालको आकांक्षा पूरा गर्ने उद्देश्यका साथ दोलखा, रामेछाप, सिन्धुली, ओखलढुंगा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा र नुवाकोट जिल्लाका स्थानीय तह र वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा ब्रोडब्याण्ड इन्टरनेट सेवा पुर्‍याउन नेपाल दूरसञ्चार प्राधिकरण र स्थानीय तहबीच सम्झौता हुने तयारी भइरहेको जानकारी दिए । सञ्चार मन्त्रालयद्वारा मंगलवार स्थानीय तहमा इन्टरनेट...

सम्बन्धित सामग्री

भूकम्प प्रभावित क्षेत्रमा पत्रकारका लागि घुम्ती शिविर

रुकुम पश्चिम – भूकम्प प्रभावित क्षेत्रका सञ्चारमाध्यम र सञ्चारकर्मीको लागि रुकुम पश्चिमको चौरजहारीमा घुम्ती शिविर तथा पत्रकार क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । सूचना तथा प्रसारण विभाग र नेपाल पत्रकार महासङ्घ रुकुम पश्चिम शाखाको आयोजनामा तीन दिने कार्यक्रम सम्पन्न भएको हो । शिविरबाट रुकुम पश्चिम, जाजरकोट र सल्यान जिल्लाका ११ जना पत्रकारहरूलाई प्रेस पास […]

भूकम्प प्रभावित जिल्लामा इन्टरनेट : २५७ स्थानीय तहसँग सम्झौता

काठमाडौं । भूकम्प प्रभावित आठ जिल्लामा २ वर्षका लागि निःशुल्क इन्टरनेट पुर्‍याउने उद्देश्यअनुरूप नेपाल दूरसञ्चार प्राधिकरण र २५७ ओटा गाउँपालिका/नगरपालिकाबीच समझदारी भएको छ । भूकम्पबाट अति प्रभावित आठ जिल्ला र काठमाडौं उपत्यकाबाहेकका ६६ जिल्लाका सम्पूर्ण सामुदायिक आधारभूत विद्यालयमा कम्तीमा २० एमबीपीएस क्षमताको ननडेडिकेटेड ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्न कार्यक्रम अघि बढाइएकोमा ६५६ मध्ये २५७ ओटा स्थानीय तहसँग हालै समझदारीपत्रमा हस्ताक्षर भएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित परियोजनामध्ये भूकम्पबाट अति प्रभावित आठ जिल्ला (काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुंगा)का सबै स्थानीय तहको कार्यालय, वडा कार्यालय, सामुदायिक मावि, सामुदायिक स्वास्थ्य संस्थाहरूमा क्षमता अभिवृद्धि र जडान गर्न सो योजना ल्याइएको हो, जसमा सम्पूर्ण आधारभूत विद्यालयसमेत गरी करीब ४ हजार २५१ स्थानमा कम्तीमा २० एमबीपीएस क्षमताको ननडेडिकेटेड ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान गरी २ वर्षसम्मका लागि महशुलबापतको रकम उपलब्ध गराउने योजना छ । आधारभूत विद्यालयमा कम्तीमा २० एमबीपीएस क्षमताको ननडेडिकेटेड ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्न ७५ मध्ये ७० ओटा पालिकासँग अन्तिम सम्झौता भइसकेको प्रवक्ता पौडेलले जानकारी दिए । प्राधिकरणले इन्टरनेटबारे सम्झौता गर्न बाँकी रहेका गाउँपालिका÷नगरपालिकालाई सम्झौताका लागि आग्रह गरेको छ । प्राधिकरणले ‘डिजिटल नेपाल फ्रेमवर्क’को आकांक्षा पूरा गर्ने उद्देश्यअनुरूप ग्रामीण दूरसञ्चार विकास कोषको परिचालन गरी हालसम्म १ हजार ६ किलोमिटर  (४६.१६ प्रतिशत) अप्टिकल फाइबर बिछ्याउने कार्य सम्पन्न गरेको छ । रासस

भूकम्प प्रभावित जिल्लामा इन्टरनेटको क्षमता बढाइने

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङले भूकम्पबाट अतिप्रभावित आठ जिल्लामा ब्रोडब्याण्ड इन्टरनेटको क्षमता अभिवृद्धि गरिने बताएका छन् ।उनले डिजिटल नेपालको आकांक्षा पूरा गर्ने उद्देश्यका साथ दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा र नुवाकोट जिल्लाका स्थानीय तह र वडाकार्यालय, सामुदायिक माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा ब्रोडब्याण्ड इन्टरनेट सेवा पुर्याउन नेपाल दूरसञ्चार प्राधिकरण र स्थानीय तहबीच […]