लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा छत्रधर सर्वसम्मत

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा छत्रधर आत्रेयको मात्रै एकल उम्मेद्वारी परेको छ । संघको निर्वाचन तालिका अनुसार मंगलबार तोकिएको निर्धारित समयभित्र आत्रेयको मात्रै उम्मेद्वारी परेको हो । एकल उम्मेद्वारी परेसँगै उनी संघको अध्यक्षमा सर्वसम्मत भएका छन् ।...

सम्बन्धित सामग्री

लेखनाथ महोत्सवमा तीन लाख अवलोकनकर्ता

‘लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’ भन्ने नाराका साथ आयोजना गरिएको १९औँ संस्करणको लेखनाथ महोत्सव तीन लाखभन्दा बढीले अवलोकन गरेका छन् । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य...

आर्थिक गतिविधि बढाउन महोत्सव हुनुपर्छः मुख्यमन्त्री पाण्डे

पोखरा – १९ औं संस्करणको लेखनाथ महोत्सव सुरु भएको छ। लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजना गरेको महोत्सवको बिहिबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे। उनले आर्थिक गतिविधि बढाउन महोत्सवको योगदान महत्वपूर्ण रहने बताए। कृषि उत्पादनमा अनुदान दिने प्रदेश सरकारको योजनामा सहभागी हुन अनुरोध गर्दै युवा रहर या बाध्यताले विदेश […]

१७औं लेखनाथ महोत्सव सुरु, १० करोड बराबरको कारोबार गर्ने लक्ष्य

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ पोखराको लेखनाथमा १७औं सस्करणको लेखनाथ महोत्सव सुरु भएको छ। लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको...

पोखरामा लेखनाथ महोत्सव हुँदै

कास्की (अस) । उद्योगी तथा व्यवसायीको छाता संगठन लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा १७ औं संस्करणको लेखनाथ महोत्सव हुने भएको हो । स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आगामी माघ १३ देखि २४ गतेसम्म डाँडाकोनाकमा महोत्सव आयोजना गर्न लागिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष छत्रधर आत्रेयले जानकारी दिए । कोभिड–१९ का कारण थला परेको अर्थतन्त्रलाई चलायनमान बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको उनले बताए । ‘लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ नारासहित हुने  महोत्सवमा करिब ३०० स्टलले सहभागिता जनाउनेछन् । १० करोडको आर्थिक कारोबार हुने अपेक्षा गरिएको महोत्सवबाट १ करोड ५ लाख आम्दानी हुने र ९० लाख खर्च भई १५ लाख बचत हुने अनुमान गरिएको छ । संघका सदस्यलाई प्राथमिकतामा राख्दै १० प्रतिशत छुटमा महोत्सवका लागि स्टल बुकिङ खुला गरिएको वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए  । सर्वसाधारणका लागि पुस ११ गतेबाट स्टल बुकिङ खुला हुने उनले बताए । महोत्सवमा साहित्यिक कार्यक्रम, महिला विशेष कार्यक्रम, विद्यालयस्तरीय कार्यक्रम, सांस्कृतिक कार्यक्रम, आदिवासी जनजाति विशेष कार्यक्रम, कृषि तथा पशुपक्षी प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, हस्तकलालगायत प्रदर्शनी हुनेछ ।