पोखरामा लेखनाथ महोत्सव हुँदै

कास्की (अस) । उद्योगी तथा व्यवसायीको छाता संगठन लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा १७ औं संस्करणको लेखनाथ महोत्सव हुने भएको हो । स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आगामी माघ १३ देखि २४ गतेसम्म डाँडाकोनाकमा महोत्सव आयोजना गर्न लागिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष छत्रधर आत्रेयले जानकारी दिए । कोभिड–१९ का कारण थला परेको अर्थतन्त्रलाई चलायनमान बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको उनले बताए । ‘लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ नारासहित हुने  महोत्सवमा करिब ३०० स्टलले सहभागिता जनाउनेछन् । १० करोडको आर्थिक कारोबार हुने अपेक्षा गरिएको महोत्सवबाट १ करोड ५ लाख आम्दानी हुने र ९० लाख खर्च भई १५ लाख बचत हुने अनुमान गरिएको छ । संघका सदस्यलाई प्राथमिकतामा राख्दै १० प्रतिशत छुटमा महोत्सवका लागि स्टल बुकिङ खुला गरिएको वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए  । सर्वसाधारणका लागि पुस ११ गतेबाट स्टल बुकिङ खुला हुने उनले बताए । महोत्सवमा साहित्यिक कार्यक्रम, महिला विशेष कार्यक्रम, विद्यालयस्तरीय कार्यक्रम, सांस्कृतिक कार्यक्रम, आदिवासी जनजाति विशेष कार्यक्रम, कृषि तथा पशुपक्षी प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, हस्तकलालगायत प्रदर्शनी हुनेछ ।

सम्बन्धित सामग्री

पोखरामा बसको ठक्करबाट एक भारतीय महिलाको मृत्यु

काठमाडौँ– पोखरामा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । पोखरामा चलिरहेको लेखनाथ महोत्सव स्थलको गेट नजिकै बसले ठक्कर दिँदा फुटपाथ व्यापार गर्दै आएकी भारतीय नागरिक इसरावती कुमारीको मृत्यु भएको हो । कास्कीका प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार बिकका अनुसार बसले ठक्कर दिँदा दुईजना घाइते भएका छन् । बागलुङबाट पोखरा हुँदै भैरहवा तर्फ जाँदै गरेको लु […]

महोत्सवमय बन्यो गण्डकी प्रदेश

१२ पुस, गण्डकी । ‘महोत्सवको पनि महोत्सव’ भनिने लेखनाथ महोत्सव आठ दिनदेखि पोखरामा जारी छ । लेखनाथ उद्योग वाणिज्य सङ्घद्वारा आयोजित उक्त महोत्सव १९औँ संस्करणसम्म आइपुगेको हो । सातौँ बागलुङ महोत्सव बुधबारदेखि सुरु भएको छ । बागलुङ उद्योग वाणिज्य सङ्घले चार वर्षपछि सो महोत्सव आयोजना गरेको हो । अङ्ग्रेजी नयाँ वर्ष २०२४ को छेकोमा पोखरास्थित […]

भोलिदेखि पोखरामा लेखनाथ महोत्सव

‘लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने नारासहित पोखराको तालचोकमा भोलि (बिहीबार)देखि १८औं संस्करणको लेखनाथ महोत्सव हुने भएको छ । महोत्सवमा ३ सय ३७ वटा स्टल रहने छन् । १८ पुससम्म सञ्चालन हुने उक्त महोत्सवमा फुड फेस्टिबल, औद्योगिक व्यापार मेला, अटोमोबाइल प्रदर्शनी, वित्तीय, सेवामूलक, स्थानीय क्षेत्रमा उत्पादित वस्तु, सुन्तला, माछा, मौरी, कफि, दुग्ध उत्पादनसहित […]