१३ सय कर्मचारीले अवकास पाए, पेन्सन पाएनन्

श्रम तथा रोजगार मन्त्रालयका शाखा अधिकृत कोमल अधिकारीले नियमित प्रक्रियाअनुसार माघ २६ गते अवकास पाए। अवकास भएको तीन महिना हुन लाग्दा पनि अधिकारीले पेन्सन पाएका छैनन्। स्वेच्छिक अवकास योजनामा निवेदन दिएको कारण देखाएर निजामती किताबखानाले पेन्सनपट्टा बनाउन ढिलाइ गरेको उनले बताए। ‘स्वेच्छिक अवकास योजनामा निवेदन दिएको छ कि छैन भनेर निजामती कितावखानाले सोध्छ। छ भने…

सम्बन्धित सामग्री

यसरी बढ्दो छ पेन्सनको व्ययभार

पछिल्लो नौ वर्षमा निजामति, सुरक्षा निकाय र शिक्षकलाई दिइँदै आएको निवृत्तिभरण (पेन्सन) को रकम झण्डै तेब्बरले बढेको छ । सेवानिवृत्त भएका निजामति कर्मचारी, दुवै प्रहरी, नेपाली सेना र शिक्षकबाट अवकास पाएका कर्मचारीलाई सरकारले प्रत्येक महिना पेन्सन दिँदै आएको छ । यस्तो पेन्सन गत नौ वर्षयता झण्डै तेब्बरले बढेको हो । सरकारले नौ वर्षका बीचमा तीन–चार […]

यसरी बढ्दो छ पेन्सनको व्ययभार

काठमाडौं । पछिल्लो नौ वर्षमा निजामति, सुरक्षा निकाय र शिक्षकलाई दिइँदै आएको निवृत्तिभरण (पेन्सन) को रकम झण्डै तेब्बरले बढेको छ । सेवानिवृत्त भएका निजामति कर्मचारी, दुवै प्रहरी, नेपाली सेना र शिक्षकबाट अवकास पाएका कर्मचारीलाई सरकारले प्रत्येक महिना पेन्सन दिँदै आएको छ । यस्तो, पेन्सन गत नौ वर्षयता झण्डै तेब्बरले बढेको हो । सरकारले नौ वर्षका […]

गुल्मीको छत्रकोट गाउँपालिकाले स्वयंसेविकालाई पेन्सन दिने

गुल्मीको छत्रकोट गाउँपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई निवृत्तिभरण दिने घोषणा गरेको छ । गाउँपालिकाले ६० बर्ष उमेर पुगेर अनिवार्य अवकास हुने महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक एक हजारका दरले निवृत्तिभरण दिने...

पेन्सन होल्डरलाई ग्लोबल आइएमई बैंकको सहज कर्जा

ग्लोबल आइएमई बैंकले निवृत्तिभरण प्राप्त गर्ने अवकास प्राप्त कर्मचारीलाई लक्षित गरी ग्लोबल समृद्ध अवकास मुद्दती खाता सञ्चालनमा ल्याएको छ । यस खाताअन्तर्गत बैंकले आफ्ना ग्राहकलाई निक्षेपमा उच्च प्रतिफल, कर्जामा विशेष सहुलियत र व्यक्ति विशेष सेवा उपलब्ध गराउनेछ । यो खाताले निवृत्तिभरण पाइरहनु भएका व्यक्तिलाई पनि आफ्नो पेन्सन रकममध्ये भविष्यमा आइपर्ने गर्जो टार्न अनिवार्य रुपमा बचत […]

श्रमिकले पेन्सन र अवकास दुबै सुविधा लिन पाउने

सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिकले पेन्सन र अवकाश दुबै सुविधा लिन पाउने भएका छन् । यसअघि योगदानकर्ताले पेन्सन वा अवकाशमध्ये एउटा योजना छनोट गर्नुपर्ने बाध्यकारी नियम थियो ।  सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि लाई दोस्रो संशोधन गरेपछि श्रमिकले पाउने सुविधा थप फराकिलो बनेको खबर कान्तिपुर दैनिकले छापेको छ ।  कोषले माघ २९ बाटै यसलाई कार्यान्वयनमा ल्याइसकेको छ ।

गोरखपुरमा पार्टीस्कुल

दुर्गानाथ खरेल २०३१ सालको चौथो महाधिवेशनदेखि अस्तित्वमा आएको नेपाल कम्युनिस्ट पार्टी (मसाल) नेपाली कम्युनिस्ट आन्दोलनको मुख्य सैद्धान्तिक र व्यावहारिक रूपमा नेपालमा समाजवादी राज्यसत्ताको सुरुवात नौलो जनवादी क्रान्ति सम्पन्न गरेर गर्नुपर्छ भन्ने प्रमुख घटक हो । यो पार्टी आफ्नो स्थापनाकालदेखि अहिलेसम्म भूमिगत अवस्थामा जनताको बिचमा छ । मुख्य गरी भारत र संसारका अरू धेरै देशमा काम गर्न गएका मजदुरहरू नेपाली एकता समाजको नाममा समेट्न सकेको भए पनि र जनताको पक्षमा देशभित्र राजनीति गरेको भए पनि सङ्गठनात्मक हिसाबले ठुलो पार्टीमा गन्ति हुन सकेको छैन । जनताको राजनैतिक चेतनास्तर उठाएर उनीहरूलाई सही र गलत पार्टी छुट्याउन सक्ने अवस्थामा लगेर मात्र हाम्रो राजनैतिक विजय भई सशस्त्र सङ्घर्ष विजय हुन्छ; र, जनताको राज्यसत्ता कब्जा हुन्छ भन्ने मसालको मूल मान्यता हो । आफ्नो स्थापनाकालदेखि नै पत्रिका प्रकाशन, भाषण र प्रशिक्षण गरेर जनतालाई सचेत पार्ने काम गर्दै आएको छ । तर देशभित्र राजतन्त्रको कडा सामन्ती शासनका कारण हाम्रा नेताहरू भारतमा निर्वासित भएर पार्टीको गतिविधि सञ्चालन गर्दै आएका थिए । पञ्चायती निरङ्कुश शासन ढले पनि राजतन्त्र कायम रहेकाले र उसले नियुक्त गरेका मान्छेले बनाएको संविधानअनुसार बहुदलीय व्यवस्था भएकाले कुनै पनि समयमा प्रतिगमन भई निरङ्कुशता लादिन सक्छ भन्ने मसालको राजनैतिक विश्लेषणसहित आफ्ना भूमिगत सङ्गठनात्मक काम नेपालबाट भन्दा भारतबाटै अघि बढाउने गरिएको थियो । त्यस्तो प्रतिकूल अवस्थामा म एक जना जनशक्ति थपिएपछि गोरखपुरमा पहिलो पार्टी स्कुल उद्घाटन भएको थियो । उच्च माध्यमिक विद्यालयको शिक्षक पदबाट बलजफ्ती किसिमले राजनीतिक कारणले पेन्सन अवकास पाएपछि मलाई पार्टीले पूर्णकालीन कार्यकर्ताको रूपमा गोरखपुरमा पठाएको थियो । मेरो साथमा कपिलवस्तुका शिव पौडेल हुनुहुन्थ्यो । उहाँले हिन्दी बोल्न जान्नुका साथै स्थानीयसँग परिचयसमेत गरिसक्नुभएको थियो । पार्टीले भाडाको कोठा लिइसकेको थियो । हामी दुई जनालाई व्यवस्थापनको जिम्मा दिइयो । हामीसित टेबुल, कुर्सी, खाट केही पनि थिएन । पैसाको नाममा मलाई बुर्तिवाङबाट विदा हुँदा विदाइको कार्यक्रममा पार्टीका साथीहरूले खर्चका लागि ने.रु. १,४०० दिएका थिए । बाटाखर्चपछि बचेको त्यही रकम खर्च गरेर जस्तोतस्तो सामग्री तयार गरेर व्यवस्थापनको जिम्मा ...

स्वेच्छिक अवकाश जानेको सूची निकाल्न मन्त्रीको निर्देशन कुर्दै सामान्य प्रशासन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्वीकृति नदिएपछि स्वेच्छिक अवकाशमा जाने कर्मचारीको नामवली प्रकाशनमा ढिलाइ भएको छ। मन्त्री पण्डित सात वर्षको एकमुष्ट पेन्सन दिएर कर्मचारीलाई स्वेच्छिक अवकास दिन नहुने पक्षमा उभिएकाले स्वेच्छिक अवकास रोजेका कर्मचारीहरुको नामावली सार्वजनिक गर्न ढिलाइ भएको हो। स्वेच्छिक अवकास एकाइले सबै निवेदन रुजु गरी कम्प्युटरमा इन्ट्री गरे पनि मन्त्री…

कति कर्मचारी प्रदेश, स्थानीय सरकारमा काम गर्न लायक छन्?

संसद सचिवालयका सचिव वीरेन्द्रकुमार कार्की स्वैच्छिक अवकास चाहन्छन्। अझै एक वर्ष सेवा गर्न चाहेमा उनले पाउँथे। तर उनी सात वर्षको पेन्सन एकमुष्ट लिएर स्वच्छिक अवकासमा बस्ने निचोडमा पुगेका छन्। ‘घरायसी समस्याले जागिर छाड्ने मनस्थितिमा पुगेको थिएँ। सरकारले नै आकर्षक प्याकेज ल्याएपछि निवेदन दिएँ’ सचिव कार्कीले सेतोपाटीसँग भने, ‘एकै ठाउँमा कति वर्ष काम गर्ने? सरकारले…

स्वेच्छिक अवकाशमा मन्त्री–कर्मचारी जुहारी

नयाँ प्रणालीअनुसार काम गर्न नचाहने निजामती कर्मचारीलाई स्वेच्छिक अवकाश दिने विषय विवादमा परेको छ। स्वेच्छिक अवकासमा जाने कर्मचारीको नामावली सार्वजानिक गर्ने मिति नजिकिएसँगै केपी शर्मा ओली नेतृत्वको सरकारले स्वेच्छिक अवकास सुविधा खारेज गर्ने तयारी गरेको छ। सात वर्षको पेन्सन रकम एकमुष्ट दिँदा राज्यलाई ठूलो आर्थिक भार पर्ने, तीन वटै तहमा कर्मचारी अभाव खड्किने र अनुभवी…