मुस्ताङको थासाङ गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसकाे जित

मुस्ताङ – मुस्ताङको थासाङ गाउँपालिको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसका उम्मेदवारले जित हासिल गरेका छन् । अध्यक्ष पदमा एमालेका प्रदीप गौचनले एक हजार एक सय ४४ मत प्राप्त गरेर जित हासिल गर्नुभएको हो । उहाँका प्रतिस्पर्धी कांग्रेसकी बालकुमारी शेरचनले एक हजार ५५ मत प्राप्त गर्नुभयो । यस्तै, थासाङको उपाध्यक्षमा कांग्रेसका सोमल हिराचन एक हजार एक सय १२ मत लिएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेकी सुमिता शेर्पाले एक हजार ८० मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । योसँगै मुस्ताङको सबै पालिकाको अन्तिम परि...

सम्बन्धित सामग्री

मुस्ताङको थासाङ गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रदिप गौचन बिजयी भएका छन् । उपाध्यक्षमा भने नेपाली कांग्रेसले जितेको छ । निर्वाचन आयोगका अनुसार स्थानीय प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार गौचन १,१४४ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार बालकुमारी शेरचनलाई ८९ मतान्तरले पराजित गरेका हुन् । पराजित बालकुमारी […]

मुस्ताङको कालिबराह मन्दिर तथा कुण्ड संरक्षण समितिको अध्यक्षमा गौचन

मुस्ताङ, २८ फागुन । मुस्ताङको कालिबराह मन्दिर तथा कुण्ड संरक्षण समितिको अध्यक्षमा बिमला गौचन चयन भएकी छन्। मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर ३ स्थित धम्पुका मुखिया सपुत शेरचनको अध्यक्षतामा शुक्रबार सम्पन्न आमभेलाबाट गौचन अध्यक्षमा चयन भएकी हुन् । संरक्षण समितिको उपाध्यक्षमा सपुत शेरचन ,कोषाध्यक्षमा सुर्जा गौचन ,सदस्य सचिवमा प्रमिस गौचन ,सहसचिवमा विशन पुर्जा चयन भएका […]