मुस्ताङको कालिबराह मन्दिर तथा कुण्ड संरक्षण समितिको अध्यक्षमा गौचन

मुस्ताङ, २८ फागुन । मुस्ताङको कालिबराह मन्दिर तथा कुण्ड संरक्षण समितिको अध्यक्षमा बिमला गौचन चयन भएकी छन्। मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर ३ स्थित धम्पुका मुखिया सपुत शेरचनको अध्यक्षतामा शुक्रबार सम्पन्न आमभेलाबाट गौचन अध्यक्षमा चयन भएकी हुन् । संरक्षण समितिको उपाध्यक्षमा सपुत शेरचन ,कोषाध्यक्षमा सुर्जा गौचन ,सदस्य सचिवमा प्रमिस गौचन ,सहसचिवमा विशन पुर्जा चयन भएका […]

सम्बन्धित सामग्री

प्रख्यात धार्मिक स्थल भैरव कुण्ड

सिन्धुपाल्चोक, २१ फागुन । प्रख्यात धार्मिक स्थल भैरव कुण्डमा काठमाडौँबाट आएका हाइकिङ ग्रुपका सदस्यलगायत । अहिले भैरव कुण्ड आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाइमा पर्न थालेको छ । समुन्द्री सतहदेखि चार हजार २०० मिटर उचाइमा रहेको भैरवकुण्डमा जनैपूर्णिमाको दिन मेला लाग्ने भएता पनि अहिले बाह्रै महिना पर्यटक पुग्नेगरेका छन् । जसले गर्दा त्यहाँको चहलपहल बढेको छ […]

स्वास्थ्य पर्यटनको गन्तव्य बन्दै तातोपानी कुण्ड

काठमाडौँ,३० कार्तिक । म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गामा रहेको प्राकृतिक तातोपानी कुण्ड स्वास्थ्य पर्यटनको गन्तव्य बन्दैगएको छ । प्राकृतिक चिकित्सालयको नामले चर्चित म्याग्दीको तातोपानीकुण्डमा डुबेर उपचार गराउन आएका बिरामी र आफन्तहरूको भीड लागेको छ । तातोपानीका होटल र घरबास ‘होमस्टे’हरु भरिभराउ भएका छन् । तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीका अनुसार दैनिक दुई सयदेखि तीन […]

स्वास्थ्य पर्यटनको गन्तव्य बन्दै तातोपानी कुण्ड

म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गामा रहेको प्राकृतिक तातोपानी कुण्ड स्वास्थ्य पर्यटनको गन्तव्य बन्दैगएको छ । प्राकृतिक चिकित्सालयको नामले चर्चित म्याग्दीको तातोपानीकुण्डमा डुबेर उपचार गराउन आएका बिरामी र आफन्तहरूको भीड लागेको छ । तातोपानीका होटल र घरबास ‘होमस्टे’हरु भरिभराउ भएका छन् । तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीका अनुसार दैनिक दुई सयदेखि तीन सयको हाराहारीमा बिरामी …

धार्मिक महत्त्वको दुधपोखरी कुण्ड ओझेलमा

पर्यटकीय गन्तव्य दूधपोखरीमा जनैपूर्णिमाको अवसरमा नुहाउन आउने भक्तजनको घुइँचो लागेको छ । दूधपोखरीमा नुहाएर पुण्य कमाउने र मोक्ष प्राप्त हुने विश्वासका साथ सयौँ तीर्थयात्रीहरू दूधपोखरी कुण्ड नुहाउन पुगेका हुन् ।दुधपोखरी गाउँपालिकामा पर्ने धार्मिक तथा पर्यटकीय महत्त्वको दूधपोखरी समुद्री सतहदेखि ४ हजार ३ सय मिटरको उचाइमा छ । मनास्लु र हिमालचुली हिमालको काखमा रहेको यो धार्मिक स्थलमा हरेक वर्ष जनैपूर्णिमामा भक्तजनहरूको घुइँचो लाग्ने गर्छ ।हिमालको काखमा तीन चार दिनको कठिन यात्रापछि पुग्न सकिने दूध

पशुपतिमा पूर्वजन्म हेर्ने कुण्ड

राजाले कुण्डमा आफ्नो अनुहार हेर्नासाथ कुकुर देखे । रिसले चुर भएका राजाले तत्काल कुण्ड पुर्न लगाएको किम्बदन्ती रहेको संस्कृतिविद् सुशिल कोइराला बताउनुहुन्छ ।

प्राकृतिक चिकित्सालय तातोपानी कुण्ड खुल्यो

गत माघ ७ गतेदेखि बन्द भएको म्याग्दीको प्राकृतिक चिकित्सालय तातोपानी कुण्ड आजदेखि खुला गरिएको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि जनस्वास्थ्यको मापदण्ड पालना गर्दै आजदेखि नियमित खुला गर्न दिने निर्णय भएको जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी)ले जनाएको छ । बेनी नगरपालिका–४ मा रहेको सो कुण्डमा स्वास्थ्य मापदण्ड पूरा गरेका र कोरोनाको खोप कार्ड भएका, ज्वरो, रुघाखोकी नभएकाले कुण्डमा स्नान गर्ने पाउने कुण्ड व्यवस्थापन समितिले जनाएको छ । कुण्डमा  नेपालका विभिन्न जिल्लाका साथै छिमेकी राष्ट्र भारतबाट समेत नियमित आ...

तातोपानी कुण्ड बन्द हुँदा स्कुल चलाउनै समस्या

म्याग्दी- मुख्य आयस्रोतका रुपमा रहेको तातोपानी कुण्ड बन्द हुँदा म्याग्दीको बेनी नगरपालिका–४ स्थित सरस्वती मावि सञ्चालनमा समस्या भएको छ । प्राकृतिक तातोपानीको कुण्डमा स्नान गर्न आउने बिरामीहरुले तिर्ने शुल्क र चन्दाबाट विगत १२ वर्षदेखि निजी स्रोतका शिक्षकलाई तलब उपलब्ध गराइँदै आएको थियो । कोरोना (भाइरस)को महामारीका कारण पछिल्लो दुई वर्षयता तातोपानी कुण्ड बन्द हुँदा विद्यालय […]

छठ पर्वको अवसरमा जलाशय र कुण्ड दुलही झै सिङ्गारिए (फोटोफिचर)

धनुषा, २४ कात्तिक । छठ पर्व आज अस्ताउँदो सूर्यलाई अर्घ दिन भक्तजन रातिदेखि नै छठ पूजाको सामग्री लिएर घाट आउन थालेका छन् । बर्तालुले भोलि (बिहीबार) बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवतरुपमा समापन हुनेछ । छठ पर्वका अवसरमा जनकपुरधामको गङ्गा सागर, धनुष सागरलगायतका जलाशय र कुण्ड दुलही झै सिङ्गारिएको छ । तस्बीरः अजयकुमार […]

पाँच महिनापछि खुले म्याग्दीका विद्यालय, तातोपानी कुण्ड र धार्मिक क्षेत्र

म्याग्दी – कोरोना भाइरस सङ्क्रमणका कारण गएको पाँच महिनादेखि बन्द म्याग्दीका विद्यालय, तातोपानीका कुण्ड र धार्मिक क्षेत्र आज शुक्रवारदेखि खुलेका छन् । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) म्याग्दीको निर्णयअनुसार शैक्षिक संस्था, तातोपानीका कुण्ड र धार्मिक क्षेत्र खुला गरिएको हो ।  सरकारले ल्याएको कोभिड–१९ सम्बन्धी सुक्ष्म योजना र ‘स्मार्ट लकडाउन’ को अवधारणाअनुसार विद्यालय खुलाउने निर्णय गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो । म्याग्दीमा कोरोना स...

कोरोनाका कारण तातोपानी कुण्ड र धार्मिकस्थलहरू बन्द

कोरोनाको दोस्रो लहर बढेसँगै म्याग्दीका तातोपानी कुण्डहरू स्नानकार्य र पूजापाठ हुने धार्मिकस्थल बन्द भएका छन् । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अघिकारीको अध्यक्षतामा बुधबार जिल्ला प्रशासन कार्यालयमा जिल्ला सुरक्षा समितिको बैठकलले जिल्लाका सबै तातोपानी कुण्ड र धार्मिकस्थल बन्द गराउने निर्णय गरेको हो ।जिल्ला प्रशासन कार्यालयद्वारा प्रकाशित विज्ञप्तिमा गलेश्वरधाम मन्दिरलगायतका धार्मिकस्थल, सिंगा, भुरुङतातोपानी लगायतका कुण्ड, योग केन्द्र […]