माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को पहिलो केन्द्रीय कमिटी बैठक आज पनि जारी छ । मंगलबारबाट सुरु भएको बैठक आज दोस्रो दिन विभिन्न प्रस्तावहरुमाथि छलफल सकेर समापन गर्ने तयारी रहेको नेताहरुले बताएका छन् । बुद्धनगरस्थित एक पार्टी प्यालेसमा जारी बैठकमा पेश भएका ५ प्रस्तावमाथि छलफल सक्ने तयारी छ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अध्यक्षको प्रतिवेदनमाथि छलफल सकेर बैठक आजै समापन गर्ने तयारी भइरहेको बताए ।पहिलो दिनको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीति