एजेन्सी। बलिउड नायिका कट्रीना कैफले ‘टाइगर ३’ मा आफ्नो करियरकै सबैभन्दा लामो एक्सन सिन गर्ने भएकी छन्। यसअघिका सिरिज ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा है’ मा पनि उनले केही एक्सन सिन गरेकी थिइन्। ‘टाइगर ३’ मा भने कट्रीनाको लागि नौला र फरक विशेष एक्सन सिनको योजना बनाइएको निर्माताले बताएका छन्। ‘टाइगर ३’ को मुख्य भूमिकामा भने सलमान खान रहनेछ।