जिल्ला समन्वय समिति दैलेखको निर्वाचनमा प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका नमराज शाही विजयी भएका छन् । उनी नेपाली काँग्रेसका उपसभापतिसमेत हुन् । काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धन बनाएर चुनावी मैदानमा रहे पनि बागी उम्मेदवारी दिएका शाही विजय भएका हुन् । उनलाई एमालेले सघाएको थियो । एमालेसँग १० मत मात्रै भए पनि शाही १३ मत ल्याएर विजयी भएका छन् । गठबन्धनका तर्फबाट काँग्रेसकी दुर्गा श्रेष्ठ नौ मत पाएकी थिइन् । उपप्रमुखमा एमालेका केशवबहादुर शाही विजयी भए । उनले ११ मत ल्याउँदा