भारतले कोरोनाका कारण विदेशमा अलपत्र परेका ६१ लाखलाई उद्धार गरी स्वदेश फर्कायो

एजेन्सी। कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका ६१ लाख आफ्ना नागरिकलाई भारतले उद्धार गरी स्वदेश फर्काएको छ। यो जानकारी भारतको विदेश मन्त्रालयले आज राज्यसभामा दिएको हो। विदेश मन्त्रालयका अनुसार सन्२०२१ अप्रिल ३०सम्म६०लाख९२हजार२६४लाई उद्धार गरी ल्याइएको भारतमा ल्याइएको छ। विशेष विमान पठाएर उनीहरुको उद्धार गरिएको जनाइएको छ। कोरोना संक्रमणका कारण विदेशमा ३ हजार५७०जना भारीयाको मृत्यु भएको विवरण मन्त्रालयले पेश गरेको छ।

सम्बन्धित सामग्री

कोरोनाका कारण विदेशमा अलपत्र परेका ४ लाख ६१ हजारभन्दा बढीको उद्धार

काठमाडौं। कोरोना महामारीका कारण असहज परिस्थितिमा विदेशमा अलपत्र परेका ४ लाख ६१ हजार ९ सय ५६ जना नेपालीलाई सरकारले उद्धार गरी स्वदेश फर्काएको छ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)काअनुसार २०७६ चैतदेखि २०७८ जेठ ९ गतेसम्मको अवधिमा उनीहरुलाई उद्धार गरी ल्याएको हो। यसरी फर्किनेमा अधिकांस वैदेशिक रोजगारीको सिलसिलामा खाडी राष्ट्र र मलेसियामा रोजगार गुमाउनेहरु छन्।

उद्धार उडान बन्द गर्न, केबलकार खुला गर्न सीसीएमसीकाे सिफारिस

काठमाण्डाै – कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार सकिएकाले उद्धार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको छ ।  अहिलेसम्म एक लाख ३६ हजार दुई सय १६ जनाको उद्धार गरी स्वदेश फर्काएको भन्दै सीसीएमसीले उद्धार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको हो...

अलपत्र श्रमिकलाई सरकारी खर्चमा स्वदेश फर्काइने

सरकारले वैदेशिक रोजगारीका क्रममा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको सरकारी खर्चबाट उद्धार गरिने भएको छ । गएको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाका कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली श्रमिकको उद्धार फिर्तीसम्बन्धी कार्यविधि २०७७ पारित गरेसँगै विदेशमा अलपत्र श्रमिकको उद्धारको बाटो खुलेको हो । अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बिहीबार मन्त्रालयमा मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्ने क्रममा सोबारेमा पनि जानकारी गराउनुभयो । उहाँले गत सोमबार बसेका मन्त्रिपरिषद्को निर्णयको बारेमा सार्वजनिक गर्नुभएको हो ।

निःशुल्क उद्धार कार्यविधि बनाउँदै सरकार

सरकारले वैदेशिक रोजगारीका क्रममा विदेशमा अलपत्र परेर पनि खर्चको अभावले स्वदेश फर्किन नसक्ने अवस्थामा रहेका नेपाली श्रमिकलाई स्वदेश फर्काउन कार्यविधि बनाउने तयारी गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति लिएर गएका तर कोरोनाका कारण रोजगारी गुमाएर बेचर्खी भएका नेपाली श्रमिकलाई उद्धार गर्न कार्यविधि बनाउन थालेको हो ।

विदेशबाट आजै मात्र २३ वटा शव ल्याइयाे (तस्बिरसहित)

काठमाडौं । कोरोनाका कारण विदेशमा अलपत्र (समस्यामा) परेका नेपालीहरूको धमाधम उद्धार भइरहेको छ । साथसाथै त्यहाँ