दीर्घरोगी आयुर्वेद उपचारतिर आकर्षित

लामो समयदेखि स्वास्थ्य समस्याबाट ग्रसित दीर्घरोगी आयुर्वेदिक उपचार रोज्न थालेका छन् । आयुर्वेदिक औषधीको असर (साइड इफेक्ट) एलोपेथिकभन्दा कम हुने गरेकाले दीर्घरोगीले विभिन्न समस्याबाट छुटकारा पाउनका लागि आयुर्वेदिक उपचार रोज्न थालेका हुन् । प्रदेश सरकारले धनगढीमा प्रादेशिक आयुर्वेद चिकित्सालय सञ्चालन गरेपछि त्यस्ता बिरामीलाई स्वास्थोपचार गराउन झनै सहज भएको छ । ज्येष्ठ नागरिकलगायत गम्भीर रोगको उपचारका लागि चिकित्सालय पुग्ने बढेका छन् ।

सम्बन्धित सामग्री

आयुर्वेद उपचार सेवाप्रति आकर्षण बढ्दो

सुदूरपश्चिम प्रदेशमा आयुर्वेद उपचार सेवाप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । प्रदेशस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयसहित सबै जिल्लामा रहेको आयुर्वेद स्वास्थ्य केन्द्रको वार्षिक प्रतिवेदनले आयुर्वेदिक उपचार सेवाप्रति आकर्षण बढ्दै गएको देखाएको हो । दीर्घरोगी, ज्येष्ठ नागरिकले आयुर्वेदिक उपचार पद्धतिलाई रुचाउने गरेको जनाइएको छ । प्रादेशिक आयुर्वेद चिकित्सालयका अनुसार सो चिकित्सालयबाट आर्थिक वर्ष २०७९/८० मा छ हजार ७४४ जनाले सेवा लिएका छन् । तीन हजार ६३२ जनाले एकाङ्ग संवेदन, १४ जनाले सर्वाङ्ग संवेदन, १५६ जना शिरोधारा तथा अन्य र दुई हजार ९४२ जनाले अभयङ्ग सेवा लिएको चिकित्सालयका निमित्त सुपरिन्टेन्डेन्ट डा. सूर्य उपाध्यायले जानकारी दिनुभयो ।

आयुर्वेदिक औषधिप्रति बिरामीको विश्वास बढ्दो

ढोरपाटन – कोरोना सङ्क्रमण फैलिनु अगाडि धौलागिरि आयुर्वेद औषधालय धाउने बिरामीको सङ्ख्या निकै कम थियो। त्यसपछि भने औषधालयमा बिरामीको चाप ह्वात्तै बढ्यो। पछिल्लो समय जिल्ला सदरमुकाम बागलुङ बजारमा रहेको आयुर्वेद औषधालयमा जँचाउन आउने र औषधि लिनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ। औषधालयबाट सबैभन्दा बढी दीर्घरोगी र ज्येष्ठ नागरिकले सेवा लिने गरेका सूचना अधिकारी एकराज […]

जाडोमा जोर्नीको दुखाइबाट बच्ने तरिका

आयुर्वेद चिकित्सक जाडोका कारण थुप्रै मानिस जोर्नीको दुखाइबाट पीडित हुने गरेको पाइन्छ । विशेष गरी वृद्धवृद्धा, गर्भवती महिला, हड्डीका दीर्घरोगी आदिलाई जोर्नी दुखाइको समस्याले जाडोमा निकै पिरोल्ने गर्दछ । विभिन्न अध्ययनहरुका अनुसार हरेक ४ व्यक्तिमध्ये एकजना जोर्नीको दुखाइबाट पीडित हुने गरेको पाइएको छ । यो समस्या पुरुषको तुलनामा महिलाहरुलाई बढी भएको पाइन्छ । अतः जोर्नीको […]