प्रदेश १ का तेह्रथुम र ताप्लेजुङमा मतगणना सुरु

विराटनगर : प्रदेश नम्बर १ का १४ जिल्लामध्ये पहाडी क्षेत्रका ताप्लेजुङ र तेह्रथुम जिल्लामा मंगलवार दिउँसो ३.३० देखि मतगणना सुरु भएको छ। उच्च हिमाली र पहाडी क्षेत्र भएका कारण पैदल मार्ग हुँदै मतपेटिका ल्याउन ढिला भएकाले मतगणना पनि ढिलै सुरु भएको हो। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नवीनराज राईका अनुसार दुबै जिल्लामा…