निर्वाचनका लागि खोटाङमा ७९२ मत पेटिका

१५ कात्तिक, खोटाङ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय खोटाङले मत पेटिका तयारी अवस्थामा राखेको छ । ४ मंसिरमा हुने निर्वाचनका लागि गत स्थानीय तहको निर्वाचनमा प्रयोग भएका र नयाँ गरी ७९२ थान मत पेटिका तयारी अवस्थामा राखिएको हो । जिल्लाको १३६ मतदान स्थलका १९४ मतदान केन्द्रमा पाँच वटाका दरले […]

सम्बन्धित सामग्री

स्थानीय निर्वाचन र स्थानीय तहका मतदान केन्द्र (फोटो फिचर)

वैशाख २९, काठमाडौं । मुलुकमा संघीय शासन प्रणाली लागू भएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचनमा  वैशाख ३० गते मतदाताले मताधिकार प्रयोग गर्दैछन् । स्थानीय तहको निर्वाचनको मतदान गर्न मतदाता पनि तीव्र प्रतीक्षामा छन् । स्थानीय तहको निर्वाचनका लागि मतदान स्थल पुगेका मतदान अधिकृतहरुको टोलीले मतदानका लागि आवश्यक भौतिक पूर्वाधारहरु पनि निर्माण गरिसकेको छ । स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न निर्वाचनको आवश्यक तयारी पुरा भएको निर्वाचन आयोगले बताएको छ । यस्तो अधिकार केवल ५/ ५ वर्षको अन्तरालमा मात्रै प्राप्त हुन्छ । मतदान केन्द्रमा घोचो गाडेर, बार हालेर र डोरी टाँगेर मतदाता उभिने ठाउँ, कर्मचारी बस्ने ठाउँ, मत संकेत गर्ने ठाउँ, मत पेटिका राख्ने ठाउँ लगायतका संरचना तयार पारिएको छ । मतदान स्थलमा आवश्यक निर्वाचन सामग्रीसहितका कर्मचारी र सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको छ । यसैक्रममा हाम्रा संवाददाता सुनिल शर्माले काठमाडौं उपत्यकाको विभिन्न मतदान केन्द्रको बिहीवार स्थलगत निरीक्षण समेत गरेका छन् । हेरौं तस्वीरहरु :

मतदान केन्द्र पुग्दै कर्मचारी र सुरक्षाकर्मी

वीरगञ्ज । आसन्न स्थानीय तहका निर्वाचनका लागि बारा र पर्सा जिल्लामा  निर्वाचन गराउन खटिएका सबैजसो कर्मचारी तथा सुरक्षाकर्मी तोकिएको मतदानस्थल र मतदान केन्द्रमा पुग्न थालेका छन्  । निर्वाचन आयोगबाट प्राप्त मतपत्र, मत पेटिका र अन्य आवश्यक सामग्रीसहित मतदान केन्द्रमा आजै पुग्ने गरी  कर्मचारी खटाइएकामा उनीहरू आ–आफ्नो क्षेत्रमा पुग्न थालेका हुन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार पर्सा जिल्लामा ४०४ मतदान अधिकृत र ४०४ सहायक अधिकृतसहित अन्य सहयोगी कर्मचारीलाई  आवश्यक चुनावी सामग्री  विभिन्न मतदान केन्द्रमा खटाइएको हो । यस्तै जिल्लामा निर्वाचनलाई भयरहित बनाउनका लागि सबै सुरक्षा निकायसँग समवन्य गरी सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । मतदानस्थलको भौगोलिक अवस्था, अघिल्ला निर्वाचनको गतिविधि, मतदाता सङ्ख््या, स्थानीय नागरिकको अवस्थालाई ध्यानमा राखेर सुरक्षाकर्मी पठाइएको छ । हाल एक लाख ४८ हजार २८३ महिला, एक लाख ९१ हजार ५३७ पुरुष र १६ तेस्रो लिङ्गी गरी तीन लाख ३९ हजार ८३६ मतदाता रहेका जिल्लामा चौध पालिकाको निर्वाचनका लागि  १६७ निर्वाचन केन्द्र र ४०४ मतदान केन्द्र निर्धारण गरिएको छ । रासस

मतदान केन्द्र पुग्दै कर्मचारी र सुरक्षाकर्मीहरू, तस्वीरहरू

काठमाडौं : यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि  सामग्री बोकेर सम्बन्धित स्थानतर्फ कर्मचारीहरू पुग्ने क्रम जारी छ।मंगलबार बेलुकासम्म मतपत्रसहितका सामग्री सम्बन्धित क्षेत्रमा पुर्‍याउने तयारी निर्वाचन आयोगले गरेको छ।  मतदान स्थलमा निर्वाचन गराउन खटिएका सबैजसो कर्मचारी तथा सुरक्षाकर्मी तोकिएको मतदानस्थल र मतदान केन्द्रमा पुग्दैछन्। निर्वाचन आयोगबाट प्राप्त मतपत्र, मत पेटिका र अन्य आवश्यक सामग्रीसहित मतदान केन्द्रमा आजै पुग्ने गरी कर्मचारी खटा

एमाले दैलेख अधिवेशनमा भाँडभैलो : खसेको भन्दा ३१ मत बढी भेटियो, निर्वाचन रद्द

नेकपा एमाले दैलेखको निर्वाचनमा खसेको भन्दा ३१ मत बढी भेटिएपछि निर्वाचनका सबै कार्यक्रम रद्द गरिएको छ। अब केन्द्रीय निर्वाचन आयोगको छानबिन पछि मात्र थप प्रक्रिया अघि बढाउने बताइएको हो। तर नेताहरू अहिले छलफलमा रहेको एमाले दैलेखका नेता लक्ष्मीप्रसाद पोखरेलले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार एमाले दैलेखमा जम्मा मतदाताको सङ्ख्या ७२१ रहेको थियो । जसमा ७१८ मत खसेको थियो । तर मत पेटिका खोल्दा  ७४८ मत भेटिएपछि निर्वाचन मण्डलको कार्यक्षमता माथि गम्भीर प्रश्न उठेको छ।

चिप्लेर लड्दा मत पेटिका फुट्यो

आगामी मंसिर १० गते संचालन हुने निर्वाचनका लागि सर्केगाड गाउपालिकाको जैर मतदान केन्द्रका लागि लगिएको मत पेटीका बीच बाटोमै फुटेको छ । बुधबार निर्वाचन कार्यालयबाट कर्मचारीले बुझेर लगेको मतपेटिका बोकेका कर्मचारी बाटो माथिबाट ढुगां खस्दा आतिएर भाग्दा खोज्दा चिप्लेर लड्दा पेटिका फुटेको हो । बुधवार दिउसो

मतदान केन्द्रतर्फ निर्वाचन कर्मचारी (भिडियो)

आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि कर्मचारी मतदान केन्द्र खटिन थालेका छन्। मत पेटिका, मतपत्र, नङमा हाल्ने मसी, स्टाम्प प्याड लगायतका ६४ प्रकारका निर्वाचन सामग्रीसहित मतदान अधिकृत र सहायक मतदान अधिकृत लगायतका कर्मचारीको मतदान केन्द्रतर्फ लागेका हुन्।

मतदानकेन्द्र तर्फ जाँदै निर्वाचन कर्मचारी

खोटाङमा आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि कर्मचारी मतदान केन्द्र खटिन थालेका छन्। मत पेटिका, मतपत्र, नङमा लगाउने मसी, स्ट्याम्प प्याड लगायतका ६४ प्रकारका निर्वाचन सामग्री सहित मतदान अधिकृत र सहायक मतदान अधिकृत लगायतका कर्मचारीको समूह मतदान केन्द्रतर्फ खटिन थालेका हुन्।