मतदान केन्द्रतर्फ निर्वाचन कर्मचारी (भिडियो)

आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि कर्मचारी मतदान केन्द्र खटिन थालेका छन्। मत पेटिका, मतपत्र, नङमा हाल्ने मसी, स्टाम्प प्याड लगायतका ६४ प्रकारका निर्वाचन सामग्रीसहित मतदान अधिकृत र सहायक मतदान अधिकृत लगायतका कर्मचारीको मतदान केन्द्रतर्फ लागेका हुन्।

सम्बन्धित सामग्री

निर्वाचन गराउन मतदान केन्द्रतर्फ लागे कर्मचारी

मुख्य निर्वाचन अधिकृतको कार्यालय मार्फत निर्वाचन सामाग्री बोकेर कर्मचारीहरु मतदान केन्द्र तर्फ बिहिबार लागेका हुन्।...

निर्वाचनका लागि खटिएका कर्मचारी मतदान केन्द्रतर्फ प्रस्थान

काठमाडौँ,१ मँसिर । मकवानपुरमा मङ्सिर ४ गते हुने निर्वाचनका लागि खटिएका कर्मचारी आजबाट मतदान केन्द्रतर्फ प्रस्थान गर्न थालेका छन् । जिल्लाका विकट क्षेत्रमा रहेका केन्द्रमा आजदेखि नै कर्मचारी प्रस्थान गर्न थालेको निर्वाचन कार्यालयले जनाएको छ । “हामी आज बिहानै तोकिएको मतदान केन्द्रतर्फ लाग्यौँ, सबै कर्मचारीलाई आजै मतदान केन्द्र पुग्न निर्देशन दिएको छु”, मकवानपुरको कैलाश–६ को […]

निर्वाचनका लागि खटिएका कर्मचारी मतदान केन्द्रतर्फ प्रस्थान

बागमती– मकवानपुरमा मङ्सिर ४ गते हुने निर्वाचनका लागि खटिएका कर्मचारी आजबाट मतदान केन्द्रतर्फ प्रस्थान गर्न थालेका छन् । जिल्लाका विकट क्षेत्रमा रहेका केन्द्रमा आजदेखि नै कर्मचारी प्रस्थान गर्न थालेको निर्वाचन कार्यालयले जनाएको छ । ‘हामी आज बिहानै तोकिएको मतदान केन्द्रतर्फ लाग्यौँ, सबै कर्मचारीलाई आजै मतदान केन्द्र पुग्न निर्देशन दिएको छु’, मकवानपुरको कैलाश-६ को मतदान केन्द्रमा […]

म्याग्दीका सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगे

म्याग्दी । स्थानीय तह चुनाव सञ्चालन गर्न म्याग्दीका सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले ७४ मतदानस्थलका ११४ ओटा मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगेका जानकारी दिएको छ । मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले मंगलवार केन्द्रमा पुगेर मतदान अधिकृतले सूचना टाँसेका जानकारी दिए । बुधवार र बिहीवार मतदान केन्द्रमा सर्वदलीय, सर्वपक्षीय बैठक, मतदान केन्द्र निर्माण र मतदाता परिचयपत्र वितरणका साथै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ । एकाघरको सदस्यलाई मतदाता परिचयपत्र दिइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । मतदानका लागि आवश्यक पर्ने मतपत्र, मतपेटिका, मतदाता नामावलीलगायत सबै सामग्री लिएर मतदान केन्द्रतर्फ लागेका हुन् । कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्रमा पुगेपछि निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृत पौडेलले बताए । चुनावका लागि म्याग्दीमा कुल २ हजार २५ कर्मचारी र सुरक्षाकर्मी परिचालन भएका छन् । मतदान केन्द्रमा ५६१ कर्मचारी र एक हजार ४६६ सुरक्षाकर्मी परिचालन भएका हुन् । १ सय १४ मतदान अधिकृत, ११४ सहायक मतदान अधिकृत, २२८ सहायक कर्मचारी, ११४ सहयोगी कर्मचारी गरी जिल्लाभर ५६१ जना कर्मचारी परिचालन भएका छन् । निर्वाचनमा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना परिचालन भएका छन् । निर्वाचन लक्षित गरेर ६१८ म्यादी प्रहरी नियुक्त भएका छन् । ३ सय ८० नेपाल प्रहरी, २०६ सशस्त्र प्रहरी, २६२ नेपाली सेना परिचालन भएका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । रासस

मतदानकेन्द्र तर्फ जाँदै निर्वाचन कर्मचारी

खोटाङमा आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि कर्मचारी मतदान केन्द्र खटिन थालेका छन्। मत पेटिका, मतपत्र, नङमा लगाउने मसी, स्ट्याम्प प्याड लगायतका ६४ प्रकारका निर्वाचन सामग्री सहित मतदान अधिकृत र सहायक मतदान अधिकृत लगायतका कर्मचारीको समूह मतदान केन्द्रतर्फ खटिन थालेका हुन्।