काठमाडौं– एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ (ईन्टरप्राईज क्षेत्र) प्राप्त गरेको छ । बैंकका अनुसार यो अवार्ड डिजिटल प्रविधिको प्रयोग गरी सार्वजनिक सेवालाई थप सहज, प्रभावकारी र पहुँचयोग्य बनाउने संस्थाहरूले प्राप्त गर्दछन् । एनएमबि बैंकले नयाँ डिजिटल माध्यममार्फत सेवालाई ग्राहकमैत्री बनाएको आधारमा यो सम्मान प्राप्त गरेको हो । […]
काठमाडौं– नेपालले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा सहभागिता जनाउने भएको छ। भारतीय आईस स्केटिङ संघको आयोजना तथा एसियाली आईस स्केटिङ महासंघ (AISF) र अन्तर्राष्ट्रिय स्केटिङ महासंघ (ISU) को सहकार्यमा हुने शर्ट ट्रयाक स्पिड आईस स्केटिङ प्रतियोगितामा नेपालका ६ जना खेलाडी सहभागी हुन लागेका हुन्। नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनालका […]
एजेन्सी – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले अमेरिकाको नेतृत्वमा तयार गरिएको नयाँ २० बुँदे योजना सार्वजनिक गर्दै रुसी आक्रमण अन्त्य गर्न र दीर्घकालीन शान्ति स्थापना गर्ने प्रयास अघि बढाइएको जानकारी दिएका छन् । उनले बताएअनुसार यो योजना किएभ र वाशिङ्टनबीच सहमति भइसकेको र मस्कोमा प्रतिक्रिया पाउन पठाइएको छ । योजनामा युक्रेनको सार्वभौमिकता पुनः पुष्टि गरिने, युक्रेन–रूसबीच […]
कञ्चनपुरको पुनर्वास नगरपालिका–१ स्थित श्री रामबुद्ध माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गरिएको छ । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड, बुटवल–१०, रुपन्देहीको सौजन्यमा जाडो मौसमलाई लक्षित गर्दै एक विशेष समारोहका बीच ट्र्याकसुट वितरण गरिएको हो । पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका विपन्न विद्यार्थीहरूलाई विभिन्न साइजका १११ थान […]