नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशन दुई दिन मात्र बाँकी छ । यतिबेला पार्टीको प्रभावशाली पद हत्याउन नेताहरू आन्तरिक रणनीतिमा जुटेका छन् ।
महाधिवेशन नजिकिएसँगै पार्टीको प्रभावशाली पद वरिष्ठ उपाध्यक्ष र महासचिव पदका लागि नेताहरू रणनीतिमा जुटेका छन् । १०औं महाधिवेशनमा महासचिवका पाँच जना दाबेदार देखिएका छन् ।
वर्तमान उपाध्यक्ष भीम रावलले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरे पनि केपी शर्मा ओली नै अध्यक्ष बन्नेमा दुई मत छैन । तर, रावलको उम्मेदवारीले ओलीलाई सर्वसम्मत हुनबाट भने धक्का लागेको छ ।
उता, अध्यक्षपछिक...