नेपाल शिक्षक महासंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच फागुन ९ गते भएको मन्त्री स्तरीय सहमतिले अबका दिनमा विद्यालय तहमा कार्यरत कर्मचारीहरुको दरबन्दी सृजना गरि आन्तरिक प्रतिस्पर्धाबाटै स्थायी गर्नेसहित ५१ बुँदे सहमति भएको छ। सहमति भएसँगै शिक्षकहरुको ११ महिनादेखि जारी समग्र आन्दोलन फिर्ता भएको महासंघले घोषणा गरेको छ।