एसपीपीमा सहभागी नहुने विषयमा पत्राचार भईनसकेको परराष्ट्रको भनाइ

काठमाडौँ । परराष्ट्र मन्त्रालयले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने विषयमा अमेरिकासँग पत्राचार भईनसकेको जनाएको छ । परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले यस विषयमा अध्ययन भइरहेको बताइन् । ‘पहिले हामीबाट पत्राचार भएको होइन । यस बारेमा अध्ययन भइरहेको छ। उपयुक्त समयमा नेपाल सरकारको निर्णयलाई डिप्लोम्याटिक च्यानलबाट पत्राचार गर्छौँ, ढुक्क हुनुहोस्, […]

सम्बन्धित सामग्री

साधारण सभाका लागि ३ महीना समय माग्दै शुभम पावरद्वारा धितोपत्र बोर्डमा पत्राचार

काठमाडौं । साधारण सभाका लागि ३ महीना समय माग्दै शुभम पावरले धितोपत्र बोर्डमा पत्राचार गरेको छ ।बीमा दाबीको टुङ्गो नलागेकाले तोकिएको समयभित्रै साधारण सभा गर्न नसकिने भएपछि कम्पनीले समय थपका लागि बोर्डमा पत्राचार गरेको हो । कम्पनी ऐनबमोजिम कम्पनीको साधारण सभा आर्थिक वर्ष समाप्त भएको ६ महीना (पुसमसान्त)भित्र गरिसक्नुपर्ने प्रावधान छ । कम्पनीले निर्माण गरी सञ्चालनमा ल्याएको तल्लो पिलुवा खोला साना जलविद्युत आयोजनामा गत असार २ गते आएको बाढीले व्यापक क्षति पुर्याएको कम्पनीले बताएको छ । साथै सोको पुनर्निर्माण कार्य तीव्र गतिमा भइरहेको कम्पनीको भनाइ छ ।

ठगी गर्ने मेनपावरको कारबाही रोक्न नेता दबाब

ठगीको उजुरी परेका कतिपय मेनपावरले कारबाहीबाट उन्मुक्ति पाउन उच्च तहका राजनीतिक नेता गुहार्ने गरेका कारण सयौं पीडित न्यायबाट वञ्चित भएका छन् । करोडौं रुपैयाँ ठगीको उजुरी परेका मेनपावरलाई वैदेशिक रोजगार विभागले पटक पटक उपस्थित हुन पत्राचार गरे पनि अटेरी गर्ने गरेका छन्।हाले विभागले सूचना नै जारी गरेर उजुरी फस्यौट गर्न निर्देशन दिएको छ । पार्टीका उच्च तहका नेतासँग पहुँच भएका मेनपावरले कानुनमा तोकिएअनुसार विभागमा उपस्थित हुन आनाकानी गरिरहेको विभागको भनाइ छ। विगत ३ महिनामा विभागमा ७८८ वटा उजुरी

पूर्वप्रधानसेनापति क्षेत्रीले लेखेको पत्र आधिकारिक : नेपाली सेना

अमेरिकाको नेशनल गार्डसँग स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) का लागि पत्राचार गरेको विषय सार्वजनिक भएपछि नेपाली सेनाले धारणा सार्वजनिक गरेको छ । सेनाका प्रवक्ता नारायण सिलवालले सन २०१५ मा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकालाई पत्र पठाएको स्वीकार गरे । सरकारको स्वीकृत लिएरै सेनाले अमेरिकालाई पत्र लेखेको उनको भनाइ छ । पूर्व प्रधानसेनापति क्षेत्रीले लेखेको पत्रमा कुनै शंका मान्‍नुपर्ने कुरा नभएको उनको भनाइ छ । त्यो पत्र आधिकारिक भएको भन्दै यसको अध्ययनका विषयमा आकस्मिक

शिक्षक चुनावी प्रचारमा हिँडे कारबाही

बागलुङ : शिक्षक नै खुलेआम दलका चुनावी प्रचारमा हिँडेको पाइएपछि शिक्षा विकास तथा समन्वय एकाइले त्यसो नगर्न शिक्षक तथा विद्यालय कर्मचारीको ध्यानाकर्षण गराएको छ।एकाइ प्रमुख कुश्मराज उपाध्यायले शिक्षकहरू राजनीतिक दलका अभियानमा खुलेर लाग्नु आचारसंहिता विपरीत हुने बताए। शिक्षकलाई चुनावी प्रचारमा हिँड्न शिक्षासम्बन्धी ऐन, कानूनले पनि नदिने उनको भनाइ छ।एकाइले विद्यालयलाई पत्राचार गर्दै निर्वाचन आचारसंहिताविरुद्ध हुने कुनै पनि कार्य नगर्न/नगराउन भनेको छ। प्रचलित ऐन, नियम र आचारसंहिता विपरीत कार्य भएमा नि

ओलीको प्रश्न–एमसीसीबारे देउवा र प्रचण्डमध्ये कसले झूट बोल्यो ?

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीबारे झुट नबोल्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चेतावनी दिएका छन् । एमसीसी पास गर्ने भनेर पत्राचार गरिएको प्रधानमन्त्री देउवाको भनाइ र त्यस्तो पत्र नपठाइएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्ति मध्ये एक झुट भएको उल्लेख गर्दै अध्यक्ष ओलीले झुट बोल्ने काम नगर्न चेतावनी दिएका हुन् । सोमबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ

गुल्मीमा एन्टिजेन किट अभाव

गुल्मी : कोरोना संक्रमितको दर बढ्दै गएपछि गुल्मीमा कोरोना परीक्षण गर्ने एन्टिजेन किट अभाव भएको छ। लुम्बिनी प्रदेश सरकारले उपलब्ध गराएको दुई हजार थान किट सकिन लागेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ।प्रदेश सरकारले तम्घास अस्पताल र स्वास्थ्य कार्यालयको लागि उपलब्ध गराएको किट स्थानीय तहहरुलाई पनि वितरण गरिएको स्वास्थ्य कार्यालयका प्रमुख डा. भवानीप्रसाद शर्माले बताए। हालकै अवस्था कायम रहिरहे किट दूई दिनमा सकिने उनको भनाइ छ। स्थानीय तहहरुलाई आवश्यक किट आफैँ खरिद गर्न पत्राचार गरिसकेको शर्माको बता

निषेधाज्ञामा पनि नियमित उडान सञ्चालन हुने

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले निषेधाज्ञाका समयमा पनि दुवैतर्फका उडान नियमित हुने जनाएको छ । क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले बिहीबारदेखि लागू हुने निषेधाज्ञामा आन्तरिक र अन्तरराष्ट्रिय उडान नियमित सञ्चालन गरिने बताए। विमानस्थलसम्म जाने यात्रु तथा एयरलाइन्सका कर्मचारीको सहज आवागमनका लागि तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरिएको क्यानको भनाइ छ। रासस