निषेधाज्ञामा पनि नियमित उडान सञ्चालन हुने

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले निषेधाज्ञाका समयमा पनि दुवैतर्फका उडान नियमित हुने जनाएको छ । क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले बिहीबारदेखि लागू हुने निषेधाज्ञामा आन्तरिक र अन्तरराष्ट्रिय उडान नियमित सञ्चालन गरिने बताए। विमानस्थलसम्म जाने यात्रु तथा एयरलाइन्सका कर्मचारीको सहज आवागमनका लागि तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरिएको क्यानको भनाइ छ। रासस

सम्बन्धित सामग्री

श्री एयरलाइन्सले आजदेखि नियमित उडान गर्ने

काठमाडौं : श्री एयरलाइन्सले शनिबारदेखि नियमित उडान गर्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले शुक्रबार बिहान श्री एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडानमा प्रतिबन्ध लगाएको थियो । प्राधिकरणका प्राविधिकबाट जहाजको प्राविधिक सुरक्षा जाँचपछि क्यानले उडान प्रतिबन्ध फुकुवा गरेको हो। श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले प्राधिकरणबाट पुनः उडान अनुमति पाएसँगै आजदेखि नियमित उडान सञ्चालन गर्ने जानकारी दिए।व्यवस्थापक मानन्धरका अनुसार प्राधिकरणको विज्ञ टोलीले उडानमा

अन्तर्राष्ट्रिय उडान नियमित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको ‘सर्भर डाउन’ हुँदा प्रभावित बनेको हवाई उडान अहिले नियमित रुपमा सञ्चालन भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सवाघण्टा अवरुद्ध भएको उडान सेवा अहिले नियमित सञ्चालन भइरहेको छ । “अध्यागमनको सर्भर डाउन हुँदा सवाघण्टा उडान सेवा प्रभावित भएको थियो । दिउँसो २:३५ देखि नियमित उडान भइरहेको छ”, […]

प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच सहमति, आन्तरिक उडान नियमित हुने

काठमाडौं  : नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच सहमति भएपछि बुधबार आन्तरिक उडान नियमित हुने भएको छ। बुधबारको उडान सञ्चालन गर्ने विषयमा प्राधिकरणबीच मंगलबार मध्यरातमा सहमति भएको हो।प्राधिकरणका महानिर्देशकसहित वायुसेवा सञ्चालक संघका अध्यक्ष, उपाध्यक्ष, प्रवक्ता, नियमित उडान र हेलिकप्टरका प्रतिनिधिसहितको वार्तामा उडान नियमित गर्ने सहमति भएको हो। राति ११ बजेसम्म चलेको वार्तामा वायुसेवाले आन्तरिक उडान बन्द नगर्ने र प्राधिकरणले पनि वायुसेवाका जायज माग सम्बोधन गर्ने भ

नेपाल–कोरिया हवाई उडान सञ्चालनमा ल्याउन माग

काठमाडौं । कोरियामा कार्यरत नेपालीहरूले नेपाल–कोरिया नियमित हवाई उडान सञ्चालन गर्न माग गरेका छन् । विगतमा नियमित उडान हुने गरेकोमा कोभिड–१९ का कारण नियमित उडान सेवा बन्द भएको थियो । त्यसयता लामो समयदेखि नेपाल–कोरिया/कोरिया–नेपाल उडान हुन सकेको छैन । कोरियामा रहेका विभिन्न राजनीतिक दलसम्बद्ध संघसंस्थाहरूले नेपाली राजदूतावासमार्फत् नेपाल सरकारलाई ध्यानाकर्षणपत्र बुझाउँदै नियमित हवाई सेवा सञ्चालनको […]

निगमको काठमाडौ–रियाद–काठमाडौं नियमित उडान सुरु

नेपाल वायुसेवा निगमले काठमाडौ–रियाद–काठमाडौं नियमित व्यवसायिक उडान सुरु गरेको छ ।नेपाली श्रमिकहरुको महत्वपूर्ण गन्तव्य साउदी अरेबियाको रियादमा निगमले हाललाई हप्तामा ०२ वटा उडान सञ्चालन गर्ने भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट रियादको लागि निगमको पहिलो उडान शुक्रबार १७ः१५ बजे प्रस्थान गरेको थियो । निगमलाई साउदी अरेबियाको रियादमा उडानका लागि २२ फागुन २०७८ मा उडान […]

गुण एयरले काठमाडौंबाट सुर्खेतमा नियमित उडान गर्ने

निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सले काठमाडौंबाट सुर्खेतमा नियमित उडान शुरू गर्ने भएको छ । वायुसेवाले पुस १८ गतेदेखि काठमाडौंबाट सुर्खेतका लागि नियमित हवाई उडान शुरू गर्ने गरी आन्तरिक तयारी गरेको छ । गुणले आफ्ना २ वटा अमेरिकी बिचक्राफ्ट र थप गरिएको बेलायती ५ वटा जेट्स्ट्रीमसहित कूल ७ वटा विमानबाट उडान सेवा सञ्चालन गरिरहेको छ । गुण एयरलाइन्सले यसअघि भरतपुर, पोखरा, तुम्लिङटार, भैरहवा, नेपालगञ्ज, विराटनगर, सिमरा र जनकपुरमा नियमित उडान शुरू गरिसकेको छ ।   गुण एयरलाइन्सका प्रवक्ता एवं बजार...

विराटनगर विमानस्थलमा नियमित उडान शुरू

केही दिनअघिको अविरल वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेपछि रोकिएको हवाई सेवा आज शनिवारवाट सञ्चालन भएको छ ।  लगातारको वर्षापछि आएको बाढी मंगलवार विमानस्थलमा पसेपछि उडान अवरुद्ध भएको थियो । विमानस्थलको धावनमार्ग, पार्किङ क्षेत्रमा केसलिया खोला पसेपछि गत मगलवारदेखि विराटनगरबाट हुने सबै उडान तथा अवतरण रोकिएका थिए । विमानस्थलका सबै उपकरणको चेकजाँच नसकिएकाले रात्रिकालीन उडान नहुने भएपनि दिवाकालीन उडान सञ्चालन भएका नागरिक उड्यन कार्यालय विराटनगरका प्रमुख उत्सव खरेलले बताए । विमानस्थलको सीभीआर कक्ष...

दुई महिनापछि खुल्यो आन्तरिक उडान, आजदेखि नियमित उडान भर्ने

काठमाडौँ । आजदेखि आन्तरिक उडान नियमित सञ्चालन हुने भएको छ । कोरोना भाइरस(कोभिड–१९) महामारीका कारण लगाइएको निषेधाज्ञाले बन्द भएको आन्तरिक उडान आजदेखि खुलेको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आजदेखि नियमित आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरेको हो । उडान नियमित सञ्चालन गरे पनि आजदेखि ५० प्रतिशत मात्रै सञ्चालन हुने छ […]

कतारमा नियमित उडान, भाडा महंगाे हुँदा श्रमिकले चढ्न पाएनन् जहाज

काठमाण्डौ – नेपाल सरकारले कतार लगायत टर्की र चीनको लागि भनेर जुन ७ देखि नियमित उडान सञ्चालन गर्‍याे । लामो समयदेखि वैदेशिक रोजगारीमा जान रोकिएकाहरु उत्साहित भए । कतार, टर्की लगायत यी देशमा ट्रान्जिट भएर अन्य गन्तव्य देश जान पर्खिरहेका नेपाली श्रमिकमा खुसी छायो । हप्तामा दुई वटा मात्रै हुने भए पनि नियमित उडान भनेपछि पहिलेकै भाडादरमा जान पाइने भो भनेर ढुक्क भए । तर जब नियमित भनिएको उडानको लाखौं रुपैयाँ भाडादर सुने तब छाँगाबाट खसेझैंँ भए ।कतार जानको लागि महिनादिन देखि पर्खेर बस्नुभएका धनुषाका जीवन साहला...

जेठ १८ देखि कतारमा नियमित उडान - थाहा पाउनुहोस् यी कुरा

काठमाण्डौ – आउँदो जेठ १८ अर्थात् पर्सिदेखि कतारको लागि नियमित उडान खुल्ने भएका छन् । नेपाल सरकारको जेठ १३ गतेको निर्णय अनुसार कतारसहित चीन र टर्कीको लागि नियमित उडान सञ्चालन गरिने भएका हुन् । नेपाली श्रमिकको लागि कतार वैदेशिक रोजगारीको प्रमुख गन्तव्य देश हो । योसँगै वैदेशिक रोजगारीको लागि कतार जान रोकिएका नेपाली श्रमिक सहजै कतार जान पाउने भएका छन् । यस्तै कतारबाट फर्किन नपाएका नेपालीहरु पनि केही स्वास्थ्य मापदण्डका साथ सहजै स्वदेश फर्किन सक्ने छन् । यसरी अन्तर्राष्ट्रिय उडानमार्फत नेपाल आउने यात्रुका ला...