पाँच तले मन्दिरको तीन सय २० औँ वर्षगाँठ मनाइयो

भक्तपुर – विश्व सम्पदा सूचीमा रहेको प्रसिद्ध पाँच तले मन्दिरको तीन सय २० औँ वर्षगाँठ बनाएको छ । आज मन्दिरभित्र परम्पराअनुसार राजोपाध्याय, कर्माचार्य, जोशी र ताल्चाभडेल पुजारीले पूजा गरी मन्दिरको टुप्पोमा सेतो कपडामा रातो चन्द्राकार भएको ठूलो झण्डा फहराउँदै वर्षगाँठ मनाइएको हो । मन्दिर स्थापनाको सम्झनामा प्रत्येक वर्ष असार शुक्ल प्रतिपदाका दिन यसरी नै पूजाआजा गरी झण्डा फहराउने प्रचलन रहिआएको छ । आजको दिन पूजामा बोका बली दिने परम्परा रहे पनि कोभिड–१९ का कारण मन्दिरमा सामान्य पूजा गरी झण्डा फहराइ मनाइएको तलेज...

सम्बन्धित सामग्री

आठ सय वर्ष पुरानो भाजु पखू एवं जलेश्वर मन्दिरको बिजुक्छेँद्वारा उद्घाटन

भक्तपुर नगरपालिका–१ दूधपाटीस्थित आठ सय वर्ष पुरानो ऐतिहासिक भाजु पखू र पखूको मध्यभागमा अवस्थित जलेश्वर महादेव मन्दिरको २२ वर्षपछि पुनःनिर्माण सम्पन्न गरी शुक्रबार उद्घाटन गरिएको छ । भक्तपुर नगरपालिकाको कूल रु एक करोड ८७ लाख ३५ हजार ६ सय ३४ को लागतमा पुनःनिर्माण सम्पन्न भएको उक्त पोखरी एवं मन्दिरको शुक्रबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष …

अयोध्यामा जानकी मन्दिरबाट ११ सय कोसेली पठाइँदै

१९ पुस, जनकपुरधाम । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाका लागि धनुषास्थित जानकी मन्दिरबाट ११ सय कोसेली पठाइँदै छ । मिथिलाञ्चलमा छोरीको घरमा माइतबाट कोसेली पठाउने चलन छ । त्यही विधि अनुसार अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा (घरबास)मा सीताको माइतीघर जनकपुरबाट कोसेली पठाउन लागिएको हो । कोसेलीमा सारी, धोती, गरगहना, पलङ, टेबुल, कुर्सि, […]

गाईपालनको आम्दानीबाट मन्दिरको खर्च व्यवस्थापन

सुन्दरहरैँचा (मोरङ) –मोरङको सुन्दरहरैँचा नगरपालिका–५ स्थित लक्ष्मीनारायण कृषि फार्मले उन्नत जातका गाईपालन गरी लक्ष्मीनारायण मन्दिरको खर्च व्यवस्थापन गर्दै आएको छ। फार्ममा उन्नत जातका ५२ गाई रहेका छन्। दैनिक एक सय लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको छ। दूध बिक्री गरेर हुने आम्दानीबाट मन्दिर सञ्चालन र व्यवस्थापन, धार्मिक अनुष्ठान तथा गरिब र असहायलाई भोजनको व्यवस्था गरिँदै […]

पूर्वमेयर विद्यासुन्दर शाक्यद्धारा कृष्ण मन्दिरको शिलान्यास

साउन ९, काठमाडौं । सांस्कृतिक सम्पदाले भरिपूर्ण जैशिदेवलस्थित श्रीकृष्ण मन्दिरको पुनः निमार्णका लागि शिलान्यास गरिएको छ । काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यले सोमबार उक्त मन्दिरको शिलान्यास गरेका हुन् । सम्पदाको दृष्टिकोणले महत्वपूर्ण मानिएको श्रीकृष्णको मन्दिर भूकम्पका कारण जीर्ण अवस्थामा थियो । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण गरिन लागिएको मन्दिरमा ५३ लाख ३० हजार दुई सय […]

महालक्ष्मीको रमणीय ज्यामिरकोटमा विश्वामित्र गणेश मन्दिरको उदघाटन

ललितपुर, १७ चैत्र । महालक्ष्मी नगरपालिका ८ को रमणीय डाँडा ज्यामिरकोटमा विश्वामित्र गणेश मन्दिरको उदघाटन भएको छ । आज महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले मन्दिरको उदघाटन गरेका हुन् । पुरातात्विक महत्वको सय वर्षभन्दा पुरानो मन्दिर क्षेत्रको विकास गरी निर्माण गरिएको हो । मन्दिर निर्माणमा स्थानीय देखि विभिन्न क्षेत्रका व्यक्ति तथा संघ संस्थाले सहयोग गरेका थिए […]

ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरको लिच्छविकालीन मूर्ति चोरी

ललितपुर सुनाकोठीस्थित बालकुमारी मन्दिरको लिच्छवीकालीन मूर्ति चोरी भएको छ । तीन सय वर्ष पुरानो मूर्ति शनिबार राति चोरी भएको ललितपुर प्रहरीले जनाएको छ ।मूर्ति चोरी भएको खबर थाहा पाउनासाथ ऊर्जामन्त्री पम्फा भुसाल आइतबार बिहान घटनास्थलको निरीक्षण गर्न पुगेकी थिइन् । सुनाकोठी भुसालको निर्वाचन क्षेत्र पर्छ ।मन्त्री भुसालले मूर्ति चोरीको भत्सर्ना गर्दै तत्काल दोषी पत्ता लगाई मूर्ति खोजी गर्न प्रशासनलाई निर्देशन दिएको जानकारी गराइन् ।

२४ सय वर्ष अगाडिको मन्दिरको संरचना फेला परेको दाबी

विराटनगरको भेडियारीमा जारी विराट राजा दरबार उत्खनन्को क्रममा प्राचीन मन्दिरको भग्नावशेष फेला परेको छ ।उत्खनन्को क्रममा निस्किएको मन्दिरको अवशेष इशापूर्व दोस्रो शताब्दीको हुनसक्ने आकलन गरिएको छ । विराटनगर महानगरपालिकाको सिमान्त वडा भेडियारीमा रहेको पुरातात्विक महत्वको विराट राजा दरबार क्षेत्रको उत्खनन् जारी छ । महाभारतकालीन युगसँग जोडेर हेर्ने गरिएको यस ठाउँमा पुस २७ गतेबाट उत्खनन् सुरु […]

२१४ वर्ष पुरानो नासः मन्दिरको जीर्णोद्धार सम्पन्न

२१४ वर्ष पुरानो नासः मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ। जीर्णोद्धार सम्पन्न मन्दिरको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गरेका छन्।मेयर शाक्यले वडा–२१ को सवल बहालमा रहेको उक्त मन्दिरको शनिबार उद्घाटन...

२ सय १४ वर्ष पुरानो नासः मन्दिरको जिर्णोद्धार

२६ भदौ, काठमाडौं । २ सय १४ वर्ष पुरानो मानिने नासः मन्दिरको जिर्णेद्वारा सम्पन्न भएको छ । जिर्णेद्वारा सम्पन्न भएपछि शनिबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्र शाक्यले नासः मन्दिरको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा मेयर शाक्यले सम्पदा संरक्षण र पुर्ननिर्माणको अभियानमा काठमाडौँ महानगरपालिका निरन्तर लागि रहेको बताए । प्रमुख शाक्यको गृह वडा–२१ को सवल बहालमा […]

भगवती कोत मन्दिरको पुनर्निर्माण सुरु

म्याग्दी (कास)-म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको ऐतिहासिक भगवती कोतमन्दिरको पुनर्निर्माण सुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पुरातत्व विभागबाट मन्दिरको पुनर्निर्माण सुरु गरेको हो ।विभागबाट मन्दिर पुनर्निर्माणका लागि मिलीजुली किवेष्ट जेभीले भ्याटसहित ६९ लाख ३० हजार ५ सय ६६ ठेक्का सम्झौता गरेको छ । आगामी असार मसान्तभित्रै योजना सम्पन्न गर्ने गरी कार्यक्षेत्रमा […]