महालक्ष्मीको रमणीय ज्यामिरकोटमा विश्वामित्र गणेश मन्दिरको उदघाटन

ललितपुर, १७ चैत्र । महालक्ष्मी नगरपालिका ८ को रमणीय डाँडा ज्यामिरकोटमा विश्वामित्र गणेश मन्दिरको उदघाटन भएको छ । आज महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले मन्दिरको उदघाटन गरेका हुन् । पुरातात्विक महत्वको सय वर्षभन्दा पुरानो मन्दिर क्षेत्रको विकास गरी निर्माण गरिएको हो । मन्दिर निर्माणमा स्थानीय देखि विभिन्न क्षेत्रका व्यक्ति तथा संघ संस्थाले सहयोग गरेका थिए […]