गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतको जजिराले उडान भर्ने

भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ गतेदेखि कुवेतको जजिरा एअरलाइन्सले हप्ताको तीन दिन उडान भर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जजिरा एअरलाइन्सले सोमबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन उडान भर्ने भएको हो ।अन्तर्राष्ट्रिय उडान तथा अवतरणका लागि अन्य एअरलाइन्स पनि सम्पर्कमा आइरहेका र सुरुमा नियमितभन्दा पनि चार्टर उडान धेरै हुने अपेक्षा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जिनीयर प्रदीपकुमार अधिकारीले बताए । उनले भने, “जजिरा एअरला

सम्बन्धित सामग्री

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चिम्नीको ‘पासो’

२१ भदौ, भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ४ महिना पुग्न लाग्यो । तर, यो विमानस्थलको सुरक्षामा मुख्य अवरोधक भनिएको अर्घाखाँची सिमेन्ट उद्योगको चिम्नीको उचाइ अझै घटाइएको छैन । यसले विमानस्थलमा उडान भर्ने विमानहरुको सुरक्षामा गम्भीर जोखिम र त्यसबारेको चासोहरु निम्त्याएको नेपाल नागरिक उड्डयन प्राधिकरणको निष्कर्ष छ । भैरहवा विमानस्थलको रन-वे पूर्व-पश्चिम फैलिएको छ […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा आउने

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आज (सोमबार) देखि विधिवत रुपमा सञ्चालनमा आउने भएको छ । भर्खरै निर्माण सम्पन्न भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले बुद्धपूर्णिमाकै दिन पारेर कुवेतबाट २ सय ७८ यात्रु सहितको न्यारोबडी विमानले उडान भर्ने भएको छ। सो विमान सोमबार बिहान साढे २ बजे नेपालबाट ३० यात्रु भन्दा बढी बोकी कुवेतका लागि उडान […]