२१ भदौ, भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ४ महिना पुग्न लाग्यो । तर, यो विमानस्थलको सुरक्षामा मुख्य अवरोधक भनिएको अर्घाखाँची सिमेन्ट उद्योगको चिम्नीको उचाइ अझै घटाइएको छैन । यसले विमानस्थलमा उडान भर्ने विमानहरुको सुरक्षामा गम्भीर जोखिम र त्यसबारेको चासोहरु निम्त्याएको नेपाल नागरिक उड्डयन प्राधिकरणको निष्कर्ष छ । भैरहवा विमानस्थलको रन-वे पूर्व-पश्चिम फैलिएको छ […]