जेठ २ मा फर्कँदा एमाले बैठकमा पूर्वमाओवादी कसरी घुसे ?

मंगलबार दिउँसो ललितपुरस्थित तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको एमाले स्थायी कमिटी बैठकको माहोल अरु दिनभन्दा केही फरक थियो । फरक यसकारण कि गत फागुन २३ यता पटक–पटक बैठक बस्दा एकै ठाउँमा नदेखिएका एमाले नेताहरु मंगलबारको बैठकमा भने एकै ठाउँ बस्न पुगेका थिए ।तर, एमाले बुझ्नेहरूले उक्त बैठकमा माधव नेपाल र झलनाथ खनालको अभाव खट्किएको सजिलै अनुमान लगाउन सक्थे । यतिमात्रै होइन, मंगलबारको बैठकमा पूर्वमाओवादीबाट एमालेमा आएका नेताहरु समेत सहभागी थिए । जबकि फागुन २३ को सर्वोच्चको फैसलापछि एमाले

सम्बन्धित सामग्री

तस्बिरमा हेर्नुस् एमाले जेठ २ मा फर्किए पनि नरोकिएका पूर्वमाओवादी पाइलाहरू

माधव नेपालहरू पहिले २०७५ साल जेठ २ कै बेलाको एमाले स्थायी कमिटी बैठक बोलाउनु पर्ने र उक्त बैठकबाट पूर्वमाओवादी नेताहरूबारे निर्णय लिनुपर्ने अडानमा थिए । तर, उनी विद्रोह गरेर गएपछि उनकै समूहका एकता पक्षधर नेताहरू भने पूर्वमाओवादीसहितको बैठकमा बसेका छन् ।

जेठ २ मा फर्केको एमाले बैठकमा पूर्वमाओवादी पनि सहभागी

जेठ २ को संरचनामा फर्कने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठकमा पूर्व माओवादीका नेताहरु पनि सहभागी भएका छन् ।सोमबार एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा भएको सहमति अनुसार नेकपा एमालेको २०७५ जेठ २ को एमाले संरचनाअनुसार स्थायी समिति बैठक बस्ने भनिएको थियो । यसो हुँदा फागुन २३ पछि माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका नेताहरु रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणिचन्द्र थापा बैठकमा सहभागी हुन मिल्दैन । तर मंगलबार तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको बैठकमा पुर्व माओवादीबाट मिसि