जेठ २ मा फर्केको एमाले बैठकमा पूर्वमाओवादी पनि सहभागी

 जेठ २ को संरचनामा फर्कने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठकमा पूर्व माओवादीका नेताहरु पनि सहभागी भएका छन् ।सोमबार एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा भएको सहमति अनुसार नेकपा एमालेको २०७५ जेठ २ को एमाले संरचनाअनुसार स्थायी समिति बैठक बस्ने भनिएको थियो । यसो हुँदा फागुन २३ पछि माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका नेताहरु रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणिचन्द्र थापा बैठकमा सहभागी हुन मिल्दैन । तर मंगलबार तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको बैठकमा पुर्व माओवादीबाट मिसि