‘कालो सुन’को दिगो बजारीकरण

कालो सुनको उपनामले चिनिने अलैंचीको मूल्य गत वर्षको तुलनामा यस वर्ष १ सय ५५ प्रतिशतसम्म बढेको छ । उत्पादनमा कमी आएसँगै मूल्य बढेको बताइन्छ । खासमा नेपालको अलैंची भारत निर्यात हुने र यसको मूल्य त्यहाँका व्यापारीले तय गर्ने भएकाले नेपाली किसानले उचित मूल्य पाउन सकिरहेका छैनन् र यसको मूल्यमा निकै अन्तर आउने गरेको छ ।  गतवर्ष प्रतिमन २७ हजार रुपैयाँमा कारोबार भएको अलैंचीको मूल्य ६९ हजार रुपैयाँसम्म पुगेको छ । स्मरणीय के छ भने १० वर्षअघि यसको मूल्य १ लाखसम्म पुगेको थियो । बीचमा यसको मूल्य झरेको र अहिले उकालो लाग्न थालेको हो । अलैंचीको मूल्य घटेको मात्र होइन, बजार नै पाउन गाह्रो भएपछि धेरै किसानले अलैंची खेती छाडेका थिए । अहिले भने किसानलाई राहत भएको छ ।  अलैंचीको उत्पादनका लागि नेपालको पूर्वीक्षेत्र प्रख्यात रहे पनि धेरै जिल्लामा यसको खेती भइरहेको छ । मूल्य र बजारको समस्याले यसको विस्तारमा रोक लागेको थियो । तर, यसपालि मूल्य बढ्दा किसानहरू यसतर्फ पुन: आकर्षित हुने सम्भावना बढेको छ ।  नेपालका प्राय: क्षेत्रमा अलैंचीको खेती गर्न सकिन्छ । तर, मौसमको प्रतिकूलताले यसको उत्पादन घटीबढी भइरहन्छ । यस वर्षको मौसमले साथ नदिँदा अलैंचीको उत्पादन आधा घटेको छ । उत्पादन घटे पनि बढी मूल्य पाएकाले किसानलाई राहत भएको छ । नेपालमा सामान्यतया ६ हजारदेखि ८ हजार मेट्रिक टनसम्म अलैंची उत्पादन हुन्छ । अलैंची खेती सजिलो र बढी मूल्य आउने भएकाले नै यसलाई कालो सुनको उपनाम दिइएको हो । उच्च मूल्य र कम तौल भएकाले ढुवानी सस्तो पर्छ । अन्य बाली नहुने भिरालो जमीनमा समेत यसको खेती गर्न सकिन्छ । नेपालका खोल्साखोल्सी जहाँ खेतीपाती हुँदैन ती क्षेत्रमा समेत यसको खेती गर्न सकिन्छ । पूर्वी नेपालमा बढी खेती हुने भनी यो परिचित भए पनि पछिल्लो समय अन्य भूभागमा समेत यसको खेती विस्तार भएको छ । पुरानो बगानमा उत्पादन घट्न थालेको देखिन्छ भने विभिन्न रोगहरू पनि लाग्ने देखिन्छ । त्यस्तै माटो र चिसोको व्यवस्थापन नमिल्दा पनि यसको खेती प्रभावित भएको छ । यसको खेतीका लागि अन्तरराष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड) ले विभिन्न किसिमले किसानलाई यसको खेतीबारे चेतना दिइरहेको पाइन्छ । तर, अलैंचीको बजारको समस्या भने देखिन्छ ।  सरकारले उत्पादनदेखि बजारीकरणसम्ममा किसानलाई थप सहयोग गर्न आवश्यक देखिन्छ । अलैंची जस्तो नगदे बालीको उत्पादनदेखि प्रशोधनसम्म यन्त्रको प्रयोग गर्ने हो भने सम्भावना अझ धेरै छ । अलैंचीले राम्रो बजार नपाउनुमा यसको गुणस्तर पहिलो विषय हो । दोस्रो यसलाई सुकाउने प्रविधि हो । परम्परागत तरीकाले यो सुकाउँदा धूवाँ आएर यसले मूल्य पाउन नसकेको देखिन्छ । तर, अहिले आधुनिक भट्टीमा सुकाउन थालेपछि त्यो समस्या हटेको छ । तैपनि ढुसीको संक्रमणले गर्दा विक्री भइसकेको अलैंची फिर्तासमेत आउने गरेको बताइन्छ । त्यसैले खेतीदेखि भण्डारणसम्मका क्रियाकलापमा आधुनिक यन्त्रको प्रयोग गर्नु आवश्यक देखिन्छ ।  अर्को, अलैंची विक्रीका लागि भारतीय व्यापारीमाथि मात्र भर पर्नु हुँदैन । अहिले भारतीय व्यापारीले तय गरेको मूल्यमा अलैंची विक्री गर्नुपर्ने बाध्यता छ । भारत आफै अलैंचीको उपभोक्ता होइन । उसले नेपालसँग किनेका अलैंची प्रशोधन वा अर्धप्रशोधन गरेर तेस्रो मुलुकमा निर्यात गर्छ । खाडी मुलुकमा यसको निकै राम्रो बजार छ तर नेपालले त्यहाँ आफै निर्यात गर्न सकिरहेको छैन । आफै निर्यात गर्न सक्यो भने अलैंचीको दिगो बजार र राम्रो मूल्य कायम हुन्छ । त्यसतर्फ सरकारले कूटनीतिक पहल गरेर पहुँच स्थापित गरिदिनुपर्छ । त्यस्तै प्रशोधन गरेर अलैंची निर्यात गर्ने हो मूल्य अभिवृद्धिको फाइदा पनि लिन सकिन्छ । त्यस्तै अलैंचीको केही तत्व निकालेर अलैंची विक्री गर्न सक्ने हो भने त्यसले पनि थप फाइदा हुन्छ । अलैंचीको तेलको मूल्य निकै बढी छ । त्यस्तो तेल निर्यात गर्न सक्ने हो भने यसले उचित मूल्य पाउँछ । अर्को, नेपालकै बजारमा पनि अलैंचीका उत्पादन प्रयोग गर्न सकिन्छ । अलैंचीको तेल नेपालमै पनि खपत गराउन नसकिने होइन ।  अलैँचीमा अन्य खेतीमा जस्तो बढी खट्न नपर्ने र जस्तोसुकै माटो र भौगोलिक बनावटमा पनि खेती गर्न सकिने भएकाले नेपाली किसानलाई नगदेखेतीका आकर्षित गर्न अलैंची खेतीतर्फ प्रोत्साहित गर्न जरुरी छ । सामुदायिक वनमा पनि यसको खेती गर्न सकिने भएकाले समूहमार्फत पनि खेती गराउन सकिन्छ । यसो भयो भने यो वास्तवकै नेपाली किसानका लागि कालो सुन बन्न सक्छ । त्यसैले सरकारले उत्पादनदेखि बजारीकरणसम्ममा किसानलाई थप सहयोग गर्न आवश्यक देखिन्छ । अलैंची जस्तो नगदे बालीको उत्पादनदेखि प्रशोधनसम्म यन्त्रको प्रयोग गर्ने हो भने सम्भावना अझ धेरै छ । यस्तो सम्भावनालाई बढावा दिने काम सरकारको त हुँदै हो, यसमा निजीक्षेत्र तथा सर्वसाधारणले पनि काम गर्न सक्छन् । 

सम्बन्धित सामग्री

किसानद्वारा रैथाने बालीको संरक्षण र बजारीकरण गर्न माग

सिमकोट – रैथाने बालीको खेती गर्दै आएका किसानले यसको संरक्षण र बजारीकरण गर्न माग गरेका छन्। उत्पादन भएको रैथाने बालीको बजारीकरण गर्न समस्या भएको कारण त्यत्तिकै थन्क्याएर राख्नुपर्ने भएपछि किसानले यस्तो माग राखेका हुन्। खार्पुनाथ गाउँपालिका– ५ का किसान अर्जुन शाहीले आपूmले उत्पादन गरेको चिनो कुहेर जाने अवस्था रहेको बताउँदै यसको बजारीकरणका लागि माग गरे। […]

रैथाने बाली संरक्षण र बजारीकरण गर्न माग

सिमकोट – रैथाने बालीको खेती गर्दै आएका किसानले यसको संरक्षण र बजारीकरण गर्न माग गरेका छन्। उत्पादित रैथाने बालीको बजारीकरण गर्न समस्या भएकाले त्यत्तिकै थन्क्याएर राख्नुपर्ने भएपछि किसानले यस्तो माग गरेका हुन्। खार्पुनाथ गाउँपालिका– ५ का किसान अर्जुन शाहीले आफूले उत्पादन गरेको चिनो कुहेर जाने अवस्था रहेको भन्दै यसको बजारीकरणका लागि माग गरे। उनले स्थानीय […]

गोकुलगंगामा उत्पादित तरकारी र कृषिउपज वस्तुहरु बजारीकरण गर्दै गोल्यान समूह

काठमाडौं । गोल्यान समूहअन्तर्गतको गोल्यान एग्रो प्रा.लि. र जनता एग्रो एण्ड फरेष्ट्रीले गोकुलगंगा गाउँपालिका भित्र उत्पादित तरकारी र कृषिउपज वस्तुहरुको बजारीकरण गर्ने भएको छ । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका भित्र उत्पादित कृषिउपजलाई खरिद गरी गोल्यान समूहअन्तर्गतको जनता एग्रो एण्ड फरेष्ट्री र माटो ब्राण्डमार्फत बजारीकरण गर्ने भएको हो । गोकुलगंगाको कृषि उत्पादनमा वृद्धि गर्ने र किसानहरुलाई […]

स्वदेशी वस्तुको बजारीकरण अहिलेको आवश्यकताः अर्थमन्त्री पौडेल

काठमाडौँ – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशमा उत्पादन भएका वस्तुको बजारीकरण अहिलेको महत्वपूर्ण आवश्यकता रहेको बताएका छन्। मेलाले देशभरकै उद्यमीहरूलाई आफ्ना उत्पादनको प्रचार–प्रसारमा सहयोग पुर्‍याउने भन्दै उनले भने, ‘देशमै रोजगारी सिर्जना र कृषिजन्य उत्पादनको आधुनिकीकरणमा मेला उपयोगी हुनेछ।’ नेपाल घरेलु तथा साना उद्योग महासङ्घले आयोजना गरेको औद्योगिक प्रदर्शनी समापन समारोहलाई आज सम्बोधन गर्दै अर्थमन्त्री […]

कृषिमा बजारीकरण गर्न सरोकारवालाहरूको ध्यानाकर्षण

महोत्तरी- मधेस प्रदेशका विभिन्न पालिकाहरूलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने सम्बन्धमा पालिका प्रतिनिधि र सरोकारवालासँग छलफल भएको छ । आज आइसिमोड र सामुदायिक विकाश पैरवी मञ्चको संयुक्त आयोजनामा बर्दिबासमा भएको उक्त कार्यक्रममा सरोकारवालाहरूले कृषिमा बजारीकरण नभएकोमा चिन्ता व्यक्त गरे । समृद्धिको मुख्य आधार कृषि हुँदाहुँदै पनि कृषिलाई व्यावसायिक बनाउन नसकिएको प्रति पनि उनीहरूले ध्यानाकर्षण जनाए […]

सडक विस्तारसँगै बढ्यो बजारीकरण

सुर्खेत – सडक विस्तारसँगै जाजरकोट, दैलेख र रुकुम पश्चिमका दुर्गम बस्तीमा बजारीकरण काम सुरु भएको छ। मध्यपहाडी लोकमार्ग (पुष्पलाल) निर्माणसँगै दैलेख, जाजरकोट र रुकुम पश्चिमका दुर्गम ग्रामीण बस्तीमा स्थानीय बजार विस्तार भएसँगै दर्जनौ नयाँ बजार विस्तार भएको हो। गाउँबस्तीमा यातायातको पहुँच पुगेसँगै थलहबजार, दशेरा, सुयडा, बेस्तडा बजार, लोहोरे, दैलेख बजार, रावतकोट, जम्मुकाँध र राकम बजार […]

सडक विस्तारसँगै बजारीकरण बढ्यो

काठमाडौँ,३० असार । सडक विस्तारसँगै जाजरकोट, दैलेख र रुकुमपश्चिमका दुर्गम बस्तीमा बजारीकरण काम सुरु भएको छ । मध्यपहाडी लोकमार्ग (पुष्पलाल) निर्माणसँगै ती जिल्लाका दुर्गम ग्रामीण बस्तीमा स्थानीय बजार विस्तार भएसँगै शहरीकरण पनि भएको हो  । यातायातको पहुँच पुगेसँगै पछिल्लो समय थलहबजार, दशेरा, सुयडा, बेस्तडा बजार, लोहोरे, दैलेख बजार, रावतकोट, जम्मुकाँध र राकमबजार आर्थिक केन्द्रका रूपमा […]

सडक विस्तारसँगै बजारीकरण बढ्यो

सडक विस्तारसँगै जाजरकोट, दैलेख र रुकुम पश्चिमका दुर्गम बस्तीमा बजारीकरण काम सुरु भएको छ । मध्यपहाडी लोकमार्ग  निर्माणसँगै दैलेख, जाजरकोट र रुकुम पश्चिमका दुर्गम ग्रामीण बस्तीमा स्थानीय बजार विस्तार भएसँगै दर्जनौ नयाँ बजार विस्तार भएको हो  । गाउँ बस्तीमा यातायातको पहुँच पुगेसँगै थलहबजार, दशेरा, सुयडा, बेस्तडा बजार, लोहोरे, दैलेख बजार, रावतकोट, जम्मुकाँध र राकम बजार आर्थिक केन्द्रका रूपमा विकास भइरहेका छन । त्यस्तै रुकुम पश्चिमको चौरजहारीमा नयाँ सहर निर्माणको काम जारी रहेको छ । पूर्वी ने

बागलुङका पालिकाको प्राथमिकता : स्थानीय उत्पादनका ब्राण्डसहितको बजारीकरण

बागलुङको गलकोट नगरपालिकाले ढकायोको साँग, बाँको र मुलाको सिन्किको बजारीकरण गर्ने भएको छ । गलकोटको घुम्टेलेक, रमुवा, पाण्डवखानी लगाएको उच्च भागमा पाइने ढकायो साँग, बाँको र मुलाको सिन्किलाई ब्राण्ड बनाएर बजारीकरण गर्ने नीति ल्याएको छ । नगरपालिकाले ढकायो, बाँको र सिन्किलाई नगरकै पहिचानका रुपमा विकास गरी बजारीकरण गर्ने जनाएको छ । नगरप्रमुख भरत शर्मा गैरेले गलकोटले कोसेलीको रुपमा आगन्तुक पाहुना र पर्यटकलाई सिन्की दिने, विदेशमा भएका आफन्तलाई कोसेली पठाउने गरी बजारीकरणको योजनासहित बजेट तथा कार्यक्रममा स