सार्वजनिक बिदामा पनि बैंक तथा वित्तीय संस्था खुला

काठमाडौं : आज सार्वजनिक बिदाको दिन पनि बैंक तथा वित्तीय संस्था खुला रहने भएका छन्। नेपाल राष्ट्र बैंकले राजस्व संकलन गर्ने बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण काउन्टर र शाखा खोल्न निर्देशन दिएसँगै आज पनि बैंक तथा वित्तीय संस्था खुला हुने भएका हुन्।यस्तै‚ आइतबार घोडेजात्राको सार्वजनिक बिदाको दिन पनि बैंक तथा वित्तीय संस्था खुला राख्न नेपाल राष्ट्र बैंकले भनेको छ। क्लियरिङ गर्ने काउन्टरहरु पनि खुला रहने बताइएको छ।राष्ट्र बैंकका अनुसार असोज, पुस, चैत र असार महिनाको अन्तिम हप्ता २५ गते र त्यसपछ

सम्बन्धित सामग्री

आज बैंक तथा वित्तीय संस्था साढे ३ घण्टामा मात्र खुल्ने

काठमाडौँ । विमान दुर्घटनाका कारण सरकारले सोमबार राष्ट्रिय शोक घोषणा गर्दै सार्वजनिक विदा दिएपनि बैंक तथा वित्तीय संस्थाहरु भने खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै सार्वजनिक विदा भएपनि बैंक तथा

अत्यावश्यक सेवाका लागि शाेककाे बिदा छैन, बैंक तथा वित्तीय संस्था खुला रहने

काठमाडौँ – सरकारले पोखरामा भएको यती एयरको विमान दुर्घटनाको शोकमा अत्यावश्यक सेवाबाहेकको सार्वजनिक बिदाको घोषणा गरेकाले बैंक तथा वित्तीय संस्था खुला रहने भएको छ। मन्त्रिपरिषद्को बैठकपछि गृह मन्त्रालयले जारी गरेको सूचनामा अत्यावश्यक सेवाबाहेक नेपाल राज्यभर सोमबार सार्वजनिक बिदा हुने उल्लेख छ। नेपाल सरकारले राजपत्रमा २०७६ साल असोज २७ गते प्रकाशन गरेको सूचना अनुसार बीमा बैंक […]

प्राविधिको विकासलाई हेरेर अब क्रिप्टोकरेन्सीलाई खुला गर्नुपर्छ : अध्यक्ष गोल्यान

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले प्राविधिको विकासलाई हेरेर अब क्रिप्टोकरेन्सीलाई खुला गर्नुपर्ने बताउनुभयो । शुक्रबार एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्टस (एक्यान) ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा बोल्दै गोल्यानले आइटीको विकास तिब्र गतिमा अगाडि बढेकाले नेपालले क्रिप्टोकरेन्सीलाई रोक्न नसक्ने भन्दै सरकारले सोच्नुपर्ने अवस्था रहेको बताउनुभयो । अध्यक्ष गोल्यानले नेपालले सबै […]

दसैँका लागि नयाँ नोट साट्न सुरु (तस्बिरहरु)

दशैंतिहार तथा छठलाई लक्षित गरेर आजदेखि सर्वसाधारणका लागि सुकिला (नयाँ) नोट साट्ने व्यवस्था मिलाइएको छ । नेपाल राष्ट्र बैंकले भदौ २३ गतेदेखि नै बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराएपनि सर्वसाधारणका लागि भने आजदेखि सटही सुविधा खुला गरिएको हो । आफूलाई पायक पर्ने र सहज हुने बैंक तथा वित्तीय संस्था, सहकारी र नेपाल राष्ट्र बैंकको सबै काउन्टरहरुबाट समेत नयाँ नोट साट्न पाइने बैंकले जनाएको छ । प्रतिव्यक्ति एकपटकमा १८ हजार ५०० रुपैयाँसम्म साट्न पाउने सुविधा प्रदान गरिएपनि यस वर्ष एकै व्य

आजदेखि बजारमा नयाँ नोट साट्न पाइने

दशैंतिहार तथा छठ विशेष बुधबारदेखि सर्वसाधारणका लागि सुकिला (नयाँ) नोट साट्ने सुविधा खुल्ला गरिएको छ । नेपाल राष्ट्र बैंकले भदौ २३ गतेदेखि नै बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराएपनि सर्वसाधारणका लागि भने आजदेखि सटही सुविधा खुला गरिएको हो । आफूलाई पायक पर्ने र सहज हुने बैंक तथा वित्तीय संस्था, सहकारी र नेपाल राष्ट्र बैंकको सबै काउन्टरहरुबाट समेत नयाँ नोट साट्न पाइने बैंकले जनाएको छ । प्रतिव्यक्ति एकपटकमा १८ हजार ५०० रुपैयाँसम्म साट्न पाउने सुविधा प्रदान गरिएपनि यस वर्ष एकै

खुला बजार अवधारणामा चल्न दिन बैंक सञ्चालकको माग

बैंक तथा वित्तीय संस्थाहरुलाई खुला बजार अवधारणामा चल्न दिन नेपाल राष्ट्र बैंकसँग लगानीकर्ताहरुले माग गरेका छन् । राष्ट्र बैंकले बैैंक तथा वित्तीय संस्थाहरुको व्याजदरदेखि विभिन्न सेवाको शुल्कमा समेत नियमन गर्न थालेपछि उनीहरुले खुला बजार अवधारणामा सञ्चालन गर्न दिन माग गरेका हुन् ।बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले बैंक तथा वित्तीय संस्थाका अप्ठ्यारा तथा चुनौतीहरुको विषयमा […]

बैंकको आलोपालो सिस्टम हट्यो

नेपाल राष्ट्र बैंकले सुरक्षा मापदण्ड पालना गरेर आवश्यकताअनुसार बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएको छ । यसअघि फरक दिन, फरक ठाउँमा कोटा तोकेर सेवा दिइरहेका बैंक तथा वित्तीय संस्थाका शाखा अब आवश्यकताअनुसार खुला गर्न पाइनेछ । तर नजिक नजिकै रहेका दुई वा दुईभन्दा धेरै शाखा खोल्नुको साटो एउटै शाखाबाट सेवा दिन राष्ट्र बैंकले सुझाव दिएको छ । बन्द भएका शाखाको सटरमा वा वेबसाइट र सामाजिक सञ्जालमा खुला भएको शाखाको स्पष्ट जानकारी दिने गरी सूचना दिन पनि निर्देशन दिइएको छ । बैंक तथा वित्तीय स

अब ग्राहकको चाप अनुसार बैंक खुल्ने, कोटा प्रणाली हट्यो

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले सुरक्षा मापदण्ड पालना गरेर आवश्यकताअनुसार बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएको छ । यसअघि फरक दिन, फरक ठाउँमा कोटा तोकेर सेवा दिइरहेका बैंक तथा वित्तीय संस्थाका शाखा अब आवश्यकताअनुसार खुला गर्न पाइनेछ । तर नजिक नजिकै रहेका दुई वा दुईभन्दा धेरै शाखा खोल्नुको साटो एउटै शाखाबाट सेवा दिन राष्ट्र बैंकले सुझाव दिएको छ । बन्द भएका शाखाको सटरमा वा वेबसाइट र सामाजिक सञ्जालमा खुला भएको शाखाको स्पष्ट जानकारी दिने गरी सूचना दिन पनि निर्देशन दिइएको छ । बैंक तथा वित्तीय संस्था...

चन्द्रपुर  नगरपालिकामा  आलोपालो गरी बैंक तथा वित्तीय संस्था खुल्ने

जेठ २, रौतहट । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषधाज्ञा लागू गरिएपछि चन्द्रपुर नगरपालिकाले बैंक तथा वित्तीय संस्था आलोपालो गरेर खोल्न निर्देशन दिएको छ । चन्द्रपुर नगरपालिकाले नगरक्षेत्रका २४ ओटा वाणिज्य, विकास बैंक र वित्त कम्पनीलाईलाई आलोपालो गरी कार्यालय खोल्न भनेको हो । नगरपालिकाले  सार्वजनिक गरेको तालिका अनुसार आइतवार, मंगलवार तथा बिहीवार नेपाल बैंक, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, सनराइज बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, लुम्विनी विकास बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, कृषि विकास बैंक, राष्टिय वाणिज्य बैंक तथा माछापुच्छ्रे बैंक खुला रहने छन् । त्यसैगरी सोमवार, बुधवार र शुक्रवार भने नेपाल एसविआई बैंक, प्रभु बैंक, नेपाल क्रेडिट एण्ड कर्मस बैंक, एनबी बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, सिभिल बैंक, नबिल बैंक, मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, कामना सेवा बैंक र गृहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइन्स खुला रहने छन् । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई उच्च सर्तकताका साथ विहान १० बजेदेखि दिउँसो २ बजे सम्म कोरोबार गर्न भनिएको चन्द्रपुर नगरपलिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले बताए ।कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएकोले आलोपालो गरी बैक तथा वित्तीय संस्था खुला राख्न सर्वपक्षिय बैठकको निर्णय भएको उनले बताए ।

उपत्यकाका बैंक तथा वित्तीय संस्था अब २५% मात्र खुल्ने

वैशाख २८, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले अब काठमाडौं उपत्यकामा २५ प्रतिशत मात्रै शाखा कार्यालय खुला गर्न पाउने भएका छन् ।  बैंकिङ कारोवारलाई सकेसम्म विद्युतीय माध्यमबाट सञ्चालन गर्नुपर्नेछ । यस्तै बैंक तथा वित्तीय संस्थाका केन्द्रीय कार्यालयले २० प्रतिशत मात्रै जनशक्ति प्रयोग गरी कार्य सञ्चालन गर्नुपर्ने व्यवस्था मिलाउनुपर्ने छ । काठमाडौं उपत्यकामा निषेधाज्ञाको समय थप भएसँगै मंगलवार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकपछि मंगलवार जारी गरिएको आदेशमा कम जनशक्तिमा बैंक तथा वित्तीय संस्था सञ्चालन गर्नुपर्ने उल्लेख छ । आदेशानुसार सोसम्बन्धी विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयलाई दिनुपर्ने छ । काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीका अनुसार कोरोनाको जोखिम कम गर्नका लागि कम शाखा तथा जनशक्तिका बैंक तथा वित्तीय संस्था सञ्चालन गर्न आग्रह गरिएको छ ।   बैंक तथा वित्तीय संस्थाका सवारी साधन सञ्चालनका हकमा सीमित सवारी पास जारी गरी सोको विवरण केन्द्रीय बैंक र जिप्रकालाई दिनुपर्नेछ ।  केन्द्रीय बैंकले यसअघि नै न्यून जनशक्ति प्रयोग गरी बैंक तथा वित्तीय संस्था सञ्चालन गर्न निर्देशन दिइसकेको छ । रासस