बैंकको आलोपालो सिस्टम हट्यो

नेपाल राष्ट्र बैंकले सुरक्षा मापदण्ड पालना गरेर आवश्यकताअनुसार बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएको छ । यसअघि फरक दिन, फरक ठाउँमा कोटा तोकेर सेवा दिइरहेका बैंक तथा वित्तीय संस्थाका शाखा अब आवश्यकताअनुसार खुला गर्न पाइनेछ । तर नजिक नजिकै रहेका दुई वा दुईभन्दा धेरै शाखा खोल्नुको साटो एउटै शाखाबाट सेवा दिन राष्ट्र बैंकले सुझाव दिएको छ । बन्द भएका शाखाको सटरमा वा वेबसाइट र सामाजिक सञ्जालमा खुला भएको शाखाको स्पष्ट जानकारी दिने गरी सूचना दिन पनि निर्देशन दिइएको छ । बैंक तथा वित्तीय स

सम्बन्धित सामग्री

हट्यो आलोपालो सेवा

गुल्मी ।  जिल्ला प्रशासन कार्यालय गुल्मीले आइतबारबाट स्थानीय तहगतको आलोपालो सेवा हटाएको छ । कर्मचारीमा कोरोना देखिएपछि आलोपाले कार्य हुदै आएको थियो । कोरोना संक्रमण दरमा केही कमी आएकाले प्रशासन कार्यालयले दिँदै आएको स्थानीय तहअनुसारको आलोपालो हटाएर सम्पूर्ण सेवाहरु पूर्ववत् सुचारु गरेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो । प्रशासनले सेवाग्रहीमा समेत कोरोना संक्रमणको उच्च […]

काठमाडौं प्रशासनमा आलोपालो व्यवस्था हट्यो

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सेवा प्रवाहमा लागू गरेको आलोपालो व्यवस्था हटाएको छ । कार्यालयका प्रशासकीय अधिकृत रमा घिमिरेले एक सूचना जारी गर्दै पुस २६ गतेदेखि आलोपालो व्यवस्था हटाइएको जानकारी दिएकी छन् । ‘आलोपालो व्यवस्थालाई हटाई नियमित रूपमा सेवा प्रवाह गर्ने व्यवस्था शुरू गरिने व्यहोरा अनुरोध छ,’ सूचनामा उल्लेख छ ।

प्रदेश ६ मा एमाले पछि हट्यो, मुख्यमन्त्रीमा महेन्द्रलार्इ समर्थन

३ माघ, काठमाडौं । प्रदेश ६ मा आलोपालो मुख्यमन्त्रीको प्रस्ताव गरेको एमाले पछि हटेको छ । नेकपा एमाले प्रदेश ६ का संसदीय दलका नेता यामलाल कंडेलले मुख्यमन्त्री आलोपालो गर्नुपर्ने प्रस्ताव राखेपछि सरकार गठन हुन सकेको थिएन । एमाले पछि हटेपछि आजै माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले मुख्यमन्त्रीका लागि एमालेको समर्थनमा …