२० मंसिर, जनकपुरधाम । केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताको च्याम्पियन मधेश प्रदेश टिमका खेलाडीलाई मधेश सरकारले ५ लाख रुपैयाँ दिने भएको छ । बुधबार मधेश भवनमा खेलाडीहरुलाई सम्मान गर्दै मुख्यमन्त्री सरोजकुमार यादवले खेलाडी प्रोत्साहनका लागि ५ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । उनले हरेक जिल्लामा खेलकुदको सुदृढ पूर्वाधार खडा गरिने पनि बताए । […]