शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउदै

काठमाडौं । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको […] The post शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

बौद्धमा ग्याल्बो ल्होसारको रौनक [तस्वीरहरू]

काठमाडौं । हिमाली भेगमा बसोवास गर्ने शेर्पा समुदायले देशका विभिन्‍न स्थानमा मंगलवार ग्याल्बो ल्होसार अर्थात् नयाँ वर्ष मनाएका छन् । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन ग्याल्पो ल्होसार मनाउने परम्परा छ । शेर्पा समुदायले यस वर्ष २१५० औं ग्याल्बो ल्होसार मनाएका हुन् । काठमाडौंको बौद्धनाथ परिसरमा शेर्पा समुदाय जम्मा भएर एकअर्कासँग शुभकामना साटासाट गरी हर्षोल्लासका साथ पर्व मनाएका छन् । भोट भाषाको दाथोक पात्रोअनुसार यो पटक बाघ वर्ष पूरा गरी खरायो वर्ष आरम्भ हुँदैछ । ल्होसार मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा विभाजन गरिएको छ । ग्याल्बो ल्होछारको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्बो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइँसराइसँगै अहिले यो पर्व मनाउने जिल्ला बढेको हो ।

आज सार्वजनिक बिदा : धुमधामका साथ ग्याल्पो ल्होसार मनाउँदै शेर्पा समुदाय

काठमाडौं, फागुन ९ । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होछार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । ग्याल्पो ल्होछार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाइन्छ । नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ ग्याल्पो ल्होछार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), […]

शेर्पा समुदायले यसरी मनाए ग्याल्पो ल्होसार (फोटो फिचर)

काठमाडौं : महायानी बौद्ध धर्मावलम्बी तथा शेर्पा समुदायले नयाँ वर्षको रुपमा आज ग्याल्पो ल्होसार देशभर विभिन्न कार्यक्रम गरी मनाएका छन्।उपत्यकाका बौद्ध, स्वयम्भू लगायतका शेर्पा समुदाय र उत्तरी हिमाली क्षेत्रमा बसोवास गर्ने समुदायले आज धुमधामसँग ग्याल्पो ल्होशार मनाउने परम्परा रहेको छ। शेर्पा समुदाय एवं महायान बौद्ध धर्मावलम्बीहरुले आजको दिनलाई नयाँ वर्षको रुपमा मनाउने गर्दछन्।भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात नयाँ वर्ष शुरु हुन्छ। यस पटक बाँद

देशभर मनाइयो ग्याल्पो ल्होसार

महायानी बौद्ध धर्मावलम्बी तथा शेर्पा समुदायले नयाँ वर्षको रुपमा आज ग्याल्पो ल्होसार देशभर विभिन्न कार्यक्रम गरी मनाएका छन् ।  काठमाडौं उपत्यकाका बौद्ध, स्वयम्भू लगायतका शेर्पा समुदाय र उत्तरी हिमाली क्षेत्रमा बसोवास गर्ने समुदायले आज धुमधामसँग ग्याल्पो ल्होसार मनाउने परम्परा रहेको छ । शेर्पा समुदाय एवं महायान बौद्ध धर्मावलम्बीहरुले आजको दिनलाई नयाँ वर्षको रुपमा मनाउने गर्दछन् ।भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात नयाँ वर्ष शुरु हुन्छ

शेर्पा समुदाय ग्याल्पो ल्होसार मनाउँदै, देशभर सार्वजनिक बिदा

आज शेर्पा समुदायको पर्व, ग्याल्पो ल्होसार ।  सरकारले ग्याल्पो ल्होसारका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ ।