बौद्धमा ग्याल्बो ल्होसारको रौनक [तस्वीरहरू]

काठमाडौं । हिमाली भेगमा बसोवास गर्ने शेर्पा समुदायले देशका विभिन्‍न स्थानमा मंगलवार ग्याल्बो ल्होसार अर्थात् नयाँ वर्ष मनाएका छन् । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन ग्याल्पो ल्होसार मनाउने परम्परा छ । शेर्पा समुदायले यस वर्ष २१५० औं ग्याल्बो ल्होसार मनाएका हुन् । काठमाडौंको बौद्धनाथ परिसरमा शेर्पा समुदाय जम्मा भएर एकअर्कासँग शुभकामना साटासाट गरी हर्षोल्लासका साथ पर्व मनाएका छन् । भोट भाषाको दाथोक पात्रोअनुसार यो पटक बाघ वर्ष पूरा गरी खरायो वर्ष आरम्भ हुँदैछ । ल्होसार मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा विभाजन गरिएको छ । ग्याल्बो ल्होछारको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्बो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइँसराइसँगै अहिले यो पर्व मनाउने जिल्ला बढेको हो ।  

सम्बन्धित सामग्री

राजधानीमा ल्होसारको रौनक (फोटो/भिडियो)

शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले आज ग्याल्बो ल्होसार मनाएका छन्। भोट भाषाको दाथोक पात्रोअनुसार फाल्गुण शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको नयाँ वर्ष सुरु हुन्छ। यस्तै त्यसैगरी बौद्ध महायानी धर्मावलम्बीहरूले आजै सोनम ल्होसार मनाइएको छ। यो वर्ष सोनाम ल्होसार र ग्याल्बो ल्होसार एकैदिन परेको थियो