उत्तर प्रदेशमा मायावतीको बहुजन समाज पार्टी एक्लै चुनाव लड्ने

एजेन्सी।भारतको उत्तर प्रदेशमा बहुजन समाज पार्टीले एक्लै चुनाव लड्ने स्पष्ट पारेको छ।सो पार्टीकी अध्यक्ष मायावतीले आफ्नो पार्टीले चुनावमा असदुद्दिन औवेसीको एआइएमआईएनसँग मिलेर चुनाव लड्न लागेको खबर भ्रामक भएको बताएकी छन्।पञ्जाबमा बसपाले अकाली दलसँग गठबन्धन गरेपछि उत्तर प्रदेशमा पनि गठबन्धनको अड्कलबाजी भइरहेको थियो।उनले महासचिव सतीशचन्द्र मिश्रलाई मिडिया विभागको प्रमुख बनाएको भन्दै कुनै समाचार बनाउँदा उनीसँग जानकारी लिन समेत अनुरोध गरेकी छन्।

सम्बन्धित सामग्री

१५ वर्षअघि २०६ सिट जितेको मायावतीको पार्टी एक सिटमा खुम्चियो

२७ फागुन, काठमाडौं । सन् २००७ को विधानसभा चुनावमा बहुजन समाज पार्टी (बसपा) ले उत्तर प्रदेशमा २०६ सिट जित्यो । मायावती एकाएक सत्तामा पुगिन् । तर १५ वर्षपछि बसपा एक सिटमा खुम्चिएको छ । बसपाले पाएको भेट प्रतिशतमा पनि ठूलो गिरावट आएको छ । २०१७ मा बसपाले २२ प्रतिशत भोट पाएको थियो, यसपटक १२.८ प्रतिशतमा […]

उत्तर प्रदेशमा मायावतीको हात्तीकै झल्को आउनेगरी चितवनमा ओलीको गैँडा ‘ब्रान्ड’

चितवन : भारतको उत्तर प्रदेशमा पटक पटक मुख्यमन्त्री बनेकी नेतृ मायावती प्रभुदासको पार्टी हो बहुजन समाज पार्टी। उनको पार्टीको चुनाव चिन्ह हो - हात्ती। दलित आन्दोलनमा चर्चामा आएसँगै पटकपटक मुख्यमन्त्री बनेकी मायावती यति चर्चामा छाइन् कि उनलाई कार्यकर्ताले 'बेहेनजी'को नामले पुकार्न थाले। उनको जन्मदिनलाई उत्सवका रुपमै मनाउन थालियो उत्तर प्रदेशमा।…

भाजपा बाहुनविरोधी पार्टी हो : सतीशचन्द्र मिश्र

भारतको बहुजन समाज पार्टी (बीएसपी) का राष्ट्रिय महासचिव तथा राज्यसभा सदस्य सतीशचन्द्र मिश्रले अयोध्या भ्रमणका विषयमा उत्तर प्रदेश सरकारले प्रश्न उठाएपछि भारतीय जनता पार्टीमाथि शाब्दिक आक्रमण गरेका छन् ।  ‘बीएसपीले अयोध्यामा प्रबुद्ध वर्ग सम्मेलन आयोजना गर्दा भाजपाका मानिस आएर मलाई किन अयोध्या आएको, यो ठाउँ तिम्रो लागि हैन भने । यस्तो कुरा सुन्दा म आश्चर्यमा परें,’ उनले बताए ।  सन् २०२२ मा उत्तर प्रदेशमा हुन लागेको विधानसभा निर्वाचनअघि ब्राह्मण मतदाताहरूलाई फकाउने प्रयासलाई जारी राख्दै मिश्रले भाजपा ब्राह्म...