भाजपा बाहुनविरोधी पार्टी हो : सतीशचन्द्र मिश्र

भारतको बहुजन समाज पार्टी (बीएसपी) का राष्ट्रिय महासचिव तथा राज्यसभा सदस्य सतीशचन्द्र मिश्रले अयोध्या भ्रमणका विषयमा उत्तर प्रदेश सरकारले प्रश्न उठाएपछि भारतीय जनता पार्टीमाथि शाब्दिक आक्रमण गरेका छन् ।  ‘बीएसपीले अयोध्यामा प्रबुद्ध वर्ग सम्मेलन आयोजना गर्दा भाजपाका मानिस आएर मलाई किन अयोध्या आएको, यो ठाउँ तिम्रो लागि हैन भने । यस्तो कुरा सुन्दा म आश्चर्यमा परें,’ उनले बताए ।  सन् २०२२ मा उत्तर प्रदेशमा हुन लागेको विधानसभा निर्वाचनअघि ब्राह्मण मतदाताहरूलाई फकाउने प्रयासलाई जारी राख्दै मिश्रले भाजपा ब्राह्म...