एमालेको अवरोधबीच संसदमा ६ वटा अध्यादेश पेश, एमसीसीको प्रस्ताव आएन

प्रमुख प्रतिपक्षि दल नेकपा एमालेको अवरोधका बीच आजको प्रतिनिधिसभा बैठकमा ६ वटा अध्यादेश पेश भएको छ । बैठक सुरुहुना साथ एमालेका सांसदहरुले नाराबाजी गर्दै बैठक अबरोध गरेपनि सभामुखले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका हुन् ।बैठकमा  कानुन मन्त्री दिलेन्द्र बडुले  “नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन)      अध्यादेश, २०७८' , “तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८' ,  “सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८' ,   'रेल्वे अध्यादेश, २०७८' पेश गर्ने,  “यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८'  र “फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८' पेश भएको छ ।आजको बैठकमा एमसीसी समबन्धि प्रस्ताव पेश हुने चर्चा चले पनि त्यसबारे कुनै प्रस्ताव भने पेश भएँन् । अब अर्को बैठक पुस ६ गतेको लागि बोलाईएको छ । आज नै मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बोर्ड बैठक बस्ने भएको छ । उक्त बैठकमा नेपालको एमसीसीबारे पनि छलफल हुने एजेण्डा तय भएको छ । दलहरु विभाजित भएर नेपालमा एमसीसी संसदबाट पारित हुन नसकिरहेको अवस्थामा हुन लागेको एमसीसीको बोर्ड बैठकलाई महत्वका साथ हेरिएको छ ।यस अघि एमसिसीकी उपाध्यक्ष फतिमा सुमारले नेपाल आएर एमसीसीबारे विभिन्न दल तथा सरकारको आधिकारिक धारणा बुझेर फर्किएकी थिईन्। अमेरिकाले एमसीसीबारे छिटो निर्णय गर्न नेपाललाई दबाब दिदै आएको छ । नेपालले समयमा नै निर्णय नगरे सहयोग फिर्ता लैजाने चेतावनी अमेरिकाले दिने गरेको छ । यस अघि नेपाल सरकारले एमसीसीबारेका विभिन्न प्रश्नहरु समेटेर एमसीसीलाई पठाएको थियो । एमसीसीले त्यसको जवाफ पनि दिइसकेको छ । एकै दिन अमेरिकामा एमसीसीको बोर्ड बैठक बस्नु र नेपालमा पनि सोहि दिन संसद बैठक आह्वान हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको थियो । तर आजको बैठकमा त्यसबारे केहि प्रस्ताव पेश भएन् । प्रधानमन्त्री शेर बहादुर देउवा एमसीसी पास हुनु पर्ने बताउदै आएका छन् ।  एमसिसी सहयोगबाट ३१२ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन र दाङको भालुवाङदेखि शिवखोलासम्मको ७७ किलोमिटर सडक पूर्वाधार निर्माण हुनेछ । ती परियोजनाका लागि रु ५० अर्ब बराबर लगानी हुनेछ । नेपाल सरकारको तर्फबाट रु १३ अर्ब लगानी हुनेछ । 

सम्बन्धित सामग्री

कोशीमा बजेट अध्यादेश अस्वीकारको प्रस्ताव फिर्ता, अध्यादेश पेश

१ भदौं, विराटनगर । कोशीको प्रदेश सभामा सत्तारूढ दलले दर्ता गरेको बजेट अध्यादेश अस्वीकारको प्रस्ताव फिर्ता भएको छ । जेठ ३२ गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेश मार्फत ल्याएको बजेट अध्यादेश जेठ १४ गते संसदमा टेवल गरेका थिए । अध्यादेश अस्विकारका लागि कांग्रेसले छुट्टै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले संयुक्त रुपमा अस्विकारको प्रस्ताव […]

कर्णाली प्रदेशसभामा तीन अध्यादेश पेश

कर्णाली प्रदेशसभाको नवौ अधिवेशनको पहिलो बैठकमा तीन अध्यादेश पेश तथा दुई विधेयकको फिर्ता प्रस्ताव गरिएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले बुधबार प्रदेशसभाको सदन चालु नभएको अवस्थामा प्रदेश प्रमुखबाट प्रदेश सरकारका नियमित कार्य सञ्चालनका लागि जारी गरेका कर्णाली प्रदेश लोक सेवा आयोग दोस्रो संशोधन अध्यादेश २०७८, प्रदेश लोक सेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाका शर्त र सुविधासम्बन्धी अध्यादेश, २०७८ तथा कर्णाली प्रदेश खेलकुद विकास पहिलो संशोधन, २०७८ सभासमक्ष पेश गर्नुभयो ।

कर्णाली प्रदेशसभामा तीन अध्यादेश पेश

कर्णाली प्रदेशसभाको नवौ अधिवेशनको पहिलो बैठकमा तीन अध्यादेश पेश तथा दुई विधेयकको फिर्ता प्रस्ताव गरिएको छ ।प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले बुधबार प्रदेशसभाको सदन चालु नभएको अवस्थामा प्रदेश प्रमुखबाट प्रदेश सरकारका नियमित कार्य सञ्चालनका लागि जारी गरेका कर्णाली प्रदेश लोक सेवा आयोग दोस्रो संशोधन अध्यादेश २०७८, प्रदेश लोक सेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाका शर्त र सुविधासम्बन्धी अध्यादेश, २०७८ तथा कर्णाली प्रदेश खेलकुद विकास पहिलो संशोधन, २०७८ सभासमक्ष पेश गरे

प्रदेश २ प्रदेशसभा बैठक दिउँसो १ बजे बस्दै

प्रदेश नं २ को प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । आज बस्ने बैठकमा प्रदेश सरकारले प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश, २०७८ पेश गर्ने कार्यसूची रहेको छ ।  प्रदेश सरकारका तर्फबाट सामाजिक विकासमन्त्री नवलकिशोर साहले उक्त अध्यादेश पेश गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।यस्तै प्रदेश सरकारले ल्याउने सो अध्यादेशविरुद्ध प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्‍वर साहले अध्यादेश अस्वीकृत गर्नेसम्बन्धी प्रस्ताव पेश गर्नुहुने प्रदेशसभा सचिवाल

प्रदेश २ : प्रदेशसभा बैठक दिउँसो १ बजे बस्दै

धनुषा : प्रदेश २ को प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। आज बस्ने बैठकमा प्रदेश सरकारले प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश, २०७८ पेश गर्ने कार्यसूची रहेको छ।प्रदेश सरकारका तर्फबाट सामाजिक विकासमन्त्री नवलकिशोर साहले उक्त अध्यादेश पेश गर्ने कार्ययूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। यस्तै‚ प्रदेश सरकारले ल्याउने सो अध्यादेशविरुद्ध प्रतिपक्षी दल लोकतान्त्रिक समजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले अध्यादेश अस्वीकृत गर्नेसम्बन्धी प्रस्ताव पेश गर्ने प्रदेशसभा सचिवालयक

एमालेको अवरोधका बीच आर्थिक अध्यादेश स्वीकृत (भिडियो)

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाले आर्थिक अध्यादेश स्वीकृत गरिएको छ । अर्थमन्त्री जनार्दन शर्मा सो अध्यादेश पेश गर्न मर्यादापालकको सहयोगमा रोष्टममा पुगेका थिए । त्यसपछि पनि एमाले सांसदहरुको नाराबाजी जारी रह्यो । तर, अर्थमन्त्री शर्माले अध्यादेश स्वीकृत गरियोस भन्ने प्रस्ताव पेश गरे । सभामुख अग्नि सापकोटाले सो अध्यादेश स्वीकृत गरियोस् भन्ने […]

एमालेको नाराबाजी छल्न दगुर्दै रोस्ट्रममा पुगे अर्थमन्त्री जनार्दन शर्मा

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजी चलिरहेको समयमा अर्थमन्त्री जनार्दन शर्मा रोस्ट्रममा पुगेर आर्थिक अध्यादेश पेश गरेका छन् । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा मन्त्री शर्माले मर्यादापालकको सहयोगमा रोस्ट्रममा पुगेर अध्यादेश पेश गरेका हुन् । त्यसअघि सभामुखले नेमकिपा सांसद प्रेम सुवाललाई विरोधको सूचना पेश गर्न समय दिएका थिए । सुवालले प्रमुख प्रतिपक्षी दलको अवरोध रहेको समयमा आफूले प्रस्ताव पेश नगर्ने बताए । त्यो समयमा सुवालले एमसीसीको विरोध गरे ।  एमाले सांसदको नाराबाजीका कारण प्रतिनिधि सभाको बैठक...

राष्ट्रियसभामा राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश पेश

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधका बीच राष्ट्रियसभाको बैठकमा राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश–२०७८ पेश गरिएको छ । शुक्रबार बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उठेर बैठक अवरुद्ध पारेका थिए । तर एमाले सांसदहरुको अवरोधकाबीच गृहमन्त्री बालकृष्ण खाँणले सो अध्यादेश पेश गरेका हुन् ।  त्यसैगरी बैठकले संविधानसभा सदस्य जुठबहादुर खड्गी जेबी टुहुँरे र अर्का संविधानसभाका सदस्य महेन्द्र शेरचनको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक प्रस्ताव समेत पारित गरेको छ । जनवादी गायक ट

राष्ट्रिय सभामा आज राजनीतिक दल सम्बन्धी अध्यादेश पेश हुने

बैठकपछि सार्वजनिक गरिएको राष्ट्रिय सभाको बुधबारको बैठकको सम्भावित कार्यसूचीमा सो अध्यादेश र संविधान सभा सदस्य जुठबहादुर खड्की (जेबी टुहुरे) को निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ।...

प्रतिनिधि सभा बैठक– सभामुखको स्वागत मन्तव्य र शोक प्रस्ताव पारित गरेर टुंग्याइने

दलहरूबीच सहमति जुट्न नसकेपछि प्रतिनिधि सभाको आइतवारको बैठक औपचारिकतामै सीमित हुने भएको छ । संघीय संसद् सचिवालयले आइतवारको बैठकका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशसहित मन्त्रीहरूले ८ वटा अध्यादेश पेश गर्ने लगायत सम्भावित कार्यसूची तयार गरेको थियो ।  आजका लागि तय भएको कार्यसूची हटाएर अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र पढेर सुनाउने, सभामुख अग्नि सापकोटाले अधिवेशन शुभारम्भको अवसरमा स्वागत मन्तव्य राख्ने र शोक प्रस्ताव पारित गर्ने कार्यसूची मात्र रहने भएको छ ।  अधिवेशन आह्...