जिल्ला अस्पताल रामेछापमा ब्लड बैंक संचालनमा

जिल्ला अस्पताल रामेछापले पहिलो पटक सोमबारबाट रक्तसञ्चार केन्द्र (ब्लड बैंक) संचालनमा ल्याएको छ। अस्पतालमा उपचार लिन आउने सेवाग्राहीले रगत अभावमा भौंतारिनु नपरोस् भनेर जिल्ला अस्पतालमै रामेछाप नगरपालिका र नेपाल रेडक्रस...

सम्बन्धित सामग्री

रुकुम पश्चिम जिल्ला अस्पतालमा ब्लड बैंक स्थापना

रुकुम– जिल्ला अस्पताल रुकुम पश्चिममा ब्लड बैंक स्थापना भएको छ । विसं २०४५ मा स्थापना भएको अस्पतालमा ३५ वर्षपछि विभिन्न निकायको सहयोगमा ब्लड बैंक स्थापना गरिएको हो ।  योसँगै जिल्लामा ब्लड बैंकको सङ्ख्या दुई पुगेको छ । यसअघि चौरजहारीमा ब्लड बैंक सञ्चालनमा आइसकेको छ । अस्पताल विकास समितिका अध्यक्ष टेकबहादुर कुसारीका अनुसार रूपान्तर नेपाल भक्तपुर, […]

स्थापनाको चार दशकपछि इनरुवा अस्पतालमा ब्लड बैंक

स्थापनाको ४१ वर्षपछि जिल्ला अस्पताल सुनसरीमा रक्त सञ्चार सेवा केन्द्र (ब्लड बैंक) सञ्चालनमा ल्याइएको छ । रक्त सञ्चार सेवा केन्द्रको जिल्ला अस्पताल इनरुवामा बुधबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो ।

हुम्लामा ब्लड बैंक नहुँदा रक्तदानमा सेना-प्रहरीको भर

जिल्ला अस्पताल हुम्लामा ब्लड बैंक नहुँदा उपचारार्थ भर्ना भएका बिरामीलाई रगत चाहिएको अवस्थामा सेना र प्रहरीको भर पर्नुपर्ने भएको छ ।

भीम अस्पतालमा सिटी स्क्यान र ब्लड बैंक सेवा सुरू

सोमबारदेखि भीम अस्पताल भैरहवामा सिटी स्क्यान र ब्लड बैंक सेवा सञ्चालनमा आएको छ । भीम अस्पताल लुम्बिनी प्रदेशका जिल्ला अस्पतालमध्ये सिटी स्क्यान सेवा सञ्चालन गर्ने पहिलो जिल्ला अस्पताल रहेको जनाइएको छ ।

बिरामीलाई रगत जुटाउन सुरक्षाकर्मीको भर

सिमकोट – जिल्ला अस्पताल हुम्लामा उपचार गर्ने बिरामीका लागि रगत आवश्यक परे सुरक्षाकर्मीबाट समाधान हुँदै आएको छ। अस्पतालमा ब्लड बैंक स्थापना भए पनि त्यसका लागि आवश्यक व्यवस्थापन हुन नसकेका कारण बिरामीलाई रगत आवश्यक परे सुरक्षाकर्मीको भर पर्नुपरेको छ। बिरामी छोरालाई रगतको आवश्यकता परेपछि सुरक्षाकर्मीको शरणमा पर्नुपरेको खार्पुनाथ गाउँपालिका–४ स्थित लेख गाउँका नन्दबहादुर जेठाराले गुनासो गर्दै […]

ब्लड बैंक सञ्चालनमा आएन

जिल्ला अस्पताल परिसरमा ब्लड बैंक सञ्चालन गर्न एक वर्षअघि भवन निर्माण भए पनि अन्य पूर्वाधार नहुँदा रक्तसञ्चार केन्द्र सञ्चालनमा आउन सकेको छैन । आवश्यक उपकरण तथा जनशक्ति अभावमा ब्लड बैंकको काम अलपत्र परेको हो ।

रोल्पामा रक्त सञ्चार केन्द्र स्थापना

रोल्पा (अस) । रोल्पा जिल्ला अस्पताल रेउघामा रक्त सञ्चार केन्द्र (ब्लड बैंक) स्थापना भएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाले स्थापना गरेको रक्त सञ्चार केन्द्रको शुक्रवार उद्घाटन गरिएको छ । केन्द्रको लुम्बिनी प्रदेशका सांसद दीपेन्द्रकुमार पुनले केन्द्रको उद्घाटन गरेका हुन् । लामो समयदेखि रक्त सञ्चार केन्द्रको स्थापनाका लागि प्रयास भइरहेकोमा हाल जिल्लाका स्थानीय तह र विभिन्न संघसंस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा स्थापना गर्न सफल भएको रेडक्रस रोल्पाका सभापति डीबी घर्तीले बताए । यसअघि रगत अभावका कारण प्रसूति तथा आपत्कालीन उपचारमा समस्या हुँदै आएको थियो । अब भने त्यस्ता प्रकारको उपचारमा सहज हुने रोल्पा अस्पतालका प्रमुख डा. प्रकाशबहादुर बुढाले बताए । रगत अभावको समस्या टार्न ‘ब्लड फर रोल्पा अभियान’ सञ्चालन गर्ने गरिएको थियो । उद्घाटन कार्यक्रममा रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले रक्त सञ्चार केन्द्र निरन्तर सञ्चालनका लागि कोषको स्थापनार्थ २० हजार सहयोगको घोषणा गरेका छन् ।

ब्लड बैंकका लागि भवन बन्यो, सञ्चालन भएन

सल्यान । सल्यानमा ब्लड बैंक स्थापनाका लागि भवन निर्माण भएको एक वर्ष बित्तिसक्दा समेत सेवा सञ्चालनमा आउन सकेको छैन । सल्यान प्रदेशसभा ‘ख’बाट निर्वाचित कर्णाली प्रदेश सरकार सभा सदस्य तथा पूर्व आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाको पूर्वाधार विकास कार्यक्रममार्फत ब्लड बैंक स्थापनाका लागि भवन निर्माण गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानमार्फत निर्माण गरिएको भवनमा ब्लड बैंक सञ्चालनमा नआउँदा विशेष किसिमका बिरामीको उपचार प्रभावित हुँदै आएको छ । जटिल प्रकारका बिरामीको उपचार तत्कालै गर्नुपर्ने भए पनि जिल्लामा ब्लड बैंक नहुँदा समस्या हुने गरेको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले आवश्यक जनशक्ति अभावले ब्लड बैंक सञ्चालन गर्न नसकिएको बताए । यसबारे नेपाल रेडक्रस सोसाइटी, शारदा नगरपालिका र प्रदेश सरकारको ध्यानाकर्षण गराइएको उनको भनाइ छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानका सभापति यौवन प्रकाश श्रेष्ठले ब्लड बैंक सञ्चालनका लागि आवश्यक पर्ने औजार, उपकरण भए पनि जनशक्ति नहुँदा समस्या भएको बताए । रेडक्रस आफैले जनशक्ति पदपूर्ति गरेर सञ्चालन गर्न नसकिएको उनको भनाइ छ । जनशक्तिको व्यवस्था गर्र्न सके ब्लड बैंक सञ्चालनमा ल्याउन कुनै समस्या नहुने उनले बताए । जिल्ला अस्पताल सल्यानमा ब्लड बैंक नहुँदा आकस्मिक रूपमा रगत चाहिएका बिरामीले समस्या बेहोर्नु परेको छ । बिरामीलाई रगत चाहिएको बेला व्यक्ति नै उपस्थित भएर रगत दान गर्नुपर्ने अवस्था छ । अहिले इमर्जेन्सी कक्षमा रगत नपाएर बिरामी छट्पटाइरहँदा रक्तदाता खोज्नुपर्ने बाध्यता अस्पतालको छ । जिल्ला अस्पताल सल्यानका डा. भीमकान्त जैसीले भने, ‘अहिले जिल्लामा मोबाइल ब्लड बैंक सञ्चालन भइरहेको छ, तर आकस्मिक रूपमा रगत चाहिएको अवस्थामा बिरामीका आफन्त, स्वास्थ्यकर्मी, नेपाल प्रहरी, नेपाली सेना खोज्नुपर्ने बाध्यता छ ।’ गाउँबाट उपचारमा आएका कतिपय बिरामीको तत्कालै शल्यक्रिया गर्नुपर्ने भए पनि समयमा रगत उपलब्ध नहुँदा ज्यान जोखिममा पर्ने गरेको उनको भनाइ छ ।

रुकुम पश्चिमको जिल्ला अस्पतालमा ‘न ब्लड ब्याग न ब्लड बैंक’

रुकुम पश्चिम – पाठेघरको क्यान्सर भएर जिल्ला अस्पताल सल्लेमा उपचाररत त्रिवेणी गाउँपालिकाकी ५३ वर्षीया हिरा कामीले सोमवार शरीरमा चढाउनै पर्ने रगत चढाउन पाउनु भएन । रक्तदाता नभएर वा अरु कारणले नभइ रगत सङ्कलन गर्ने ‘ब्लड ब्याग’ नै जिल्ला अस्पतालमा नभएर उहाँले रगत पाउनु भएन । उहाँका लागि रगत दिन जिल्लाको सानीभेरी गाउँपालिकाबाट आउनुभएका वसन्त पुन, मुसिकोट नगरपालिकाका राजन तिरुवा त्यसै फर्कनुभयो । हिराको शरीरमा रगतको मात्रा चार रहेकाले डाक्टरले रगत चाहिने बताएका थिए ।  हिरा जस्तै थाहा नभएको रोगका...