रोल्पामा रक्त सञ्चार केन्द्र स्थापना

रोल्पा (अस) । रोल्पा जिल्ला अस्पताल रेउघामा रक्त सञ्चार केन्द्र (ब्लड बैंक) स्थापना भएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाले स्थापना गरेको रक्त सञ्चार केन्द्रको शुक्रवार उद्घाटन गरिएको छ । केन्द्रको लुम्बिनी प्रदेशका सांसद दीपेन्द्रकुमार पुनले केन्द्रको उद्घाटन गरेका हुन् । लामो समयदेखि रक्त सञ्चार केन्द्रको स्थापनाका लागि प्रयास भइरहेकोमा हाल जिल्लाका स्थानीय तह र विभिन्न संघसंस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा स्थापना गर्न सफल भएको रेडक्रस रोल्पाका सभापति डीबी घर्तीले बताए । यसअघि रगत अभावका कारण प्रसूति तथा आपत्कालीन उपचारमा समस्या हुँदै आएको थियो । अब भने त्यस्ता प्रकारको उपचारमा सहज हुने रोल्पा अस्पतालका प्रमुख डा. प्रकाशबहादुर बुढाले बताए । रगत अभावको समस्या टार्न ‘ब्लड फर रोल्पा अभियान’ सञ्चालन गर्ने गरिएको थियो । उद्घाटन कार्यक्रममा रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले रक्त सञ्चार केन्द्र निरन्तर सञ्चालनका लागि कोषको स्थापनार्थ २० हजार सहयोगको घोषणा गरेका छन् ।

सम्बन्धित सामग्री

लमजुङ अस्पतालमा रक्त सञ्चार केन्द्र स्थापना

लमजुङ जिल्लाको सदरमुकाम बेसिशहरमा रहेको लमजुङ अस्पतालमा रक्तसंचार केन्द्र स्थापना भएको छ । पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले रक्तसंचार केन्द्रकाे उद्घाटन गरेका छन् । रक्त सञ्चार केन्द्रको उद्घाटन गर्दै...

वालिङमा रक्त सञ्चार केन्द्र स्थापना

स्याङ्जाको वालिङमा रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ। रगतको अभावका कारण अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा उक्त केन्द्र स्थापना गरिएको हो।...

वालिङमा रक्त सञ्चार केन्द्र स्थापना

स्याङ्जाको वालिङमा रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ। रगतको अभावका कारण अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उक्त केन्द्र स्थापना गरिएको हो।

भोजपुरमा पहिलोपटक रक्त सञ्चार केन्द्र सञ्चालनमा

भोजपुर- भोजपुर जिल्ला अस्पतालमा पहिलो पटक रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी भोजपुर शाखाले जिल्ला अस्पतालसँगको समन्वयमा केन्द्र स्थापना गरेको हो । सङ्घीय सांसद सुदन किरातीले उपलब्ध गराएको निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत सांसद विकास कोषको रु ५० लाख सहयोगमा केन्द्र स्थापना गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भोजपुरले जनाएको छ । […]

भोजपुरमा पहिलोपटक रक्त सञ्चार केन्द्र सञ्चालनमा

भोजपुर जिल्ला अस्पतालमा पहिलो पटक रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ। नेपाल रेडक्रस सोसाइटी भोजपुर शाखाले जिल्ला अस्पतालसँगको समन्वयमा केन्द्र स्थापना गरेको हो।

रोल्पामा रक्त सञ्चार केन्द्र स्थापना

रोल्पामा रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ। नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखाले रोल्पा अस्पतालसँगको समन्वयमा सो केन्द्र स्थापना गरेको हो।