फिफा विश्वकप २०२२ अन्तर्गत आज फाइनल खेल हुँदैछ। कतारको दोहास्थित लुसइल स्टेडियममा बेलुकी पौने ९ बजे उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्नेछन्।
लियोनल मेस्सीले पहिलो उपाधि जित्लान् या किलियन एम्बाप्पेले उपाधि दोहर्याउलान्? आजको खेलले निर्धारण गर्नेछ। ७ पटकको ब्यालोन डि'ओर जितेका अर्जेन्टिनी कप्तान मेस्सीले हालसम्म विश्वकपको उपाधि उचाल्न सकेका छैनन्।…