स्ववियु चुनाव ५ चैतमा गर्न विद्यार्थी कल्याण परिषदको सिफारिस

त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण परिषद्ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव आगामी ५ चैतमा गर्ने निर्णय गरेको छ। बिहीबार बसको परिषद् बैठकले निर्णय गरी त्रिवि कार्यकारी परिषदमा आजै पठाउन लागेको विद्यार्थी कल्याण...

सम्बन्धित सामग्री

स्ववियु चुनाव : ५ चैतमा रोकिएका अधिकांश क्याम्पसमा विवाद यथावत्

त्रिविका ४९ आंगिक क्याम्पसमा स्ववियु चुनाव त्रिभुवन विश्वविद्यालयका ६२ आंगिकमध्ये ४९ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव सम्पन्न भएको छ । ५ चैतमा ४० र त्यसयता शनिबारसम्ममा थप नौवटा गरी अहिलेसम्म ४९...

त्रिविको स्ववियु चुनाव समितिका सदस्य सचिवमाथि आक्रमण

१६ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचन समितिका सदस्य सचिव पशुपति अधिकारीमाथि आक्रमण भएको छ । बुधबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले स्ववियु चुनाव हुन बाँकी क्याम्पसमा चुनाव गर्ने विषयमा विभिन्न विद्यार्थी संगठनसँग छलफल आयोजना गरेका थिए । सो छलफलमा एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आफूमाथि आक्रमण र अभद्र व्यवहार […]

चैत ५ गते स्ववियु चुनाव गर्न मातहतका क्याम्पसलाई त्रिविको निर्देशन

काठमाडौं, पुस ३० । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्न मातहतका क्याम्पसलाई निर्देशन दिएको छ । त्रिविको रजिस्ट्रार कार्यालयले आङ्गिक सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसलाई तोकिएकै मितिमा चुनाव गराउनको लागि विद्यार्थी भर्ना, लगत सङ्कलन, परीक्षालगायतको तयारी गर्न पनि भनेको छ । त्रिभुवन विश्वविद्यालयको क्लालेन्डरमा फागुन १४ मा स्ववियु चुनाव गर्ने उल्लेख भए […]

स्ववियु चुनाव आउँदो चैत ५ गते गर्ने निर्णय

काठमाण्डाै - त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव आउँदो चैत ५ गते गर्ने निर्णय गरेको छ । हिजो बसेको त्रिवि कार्यकारी परिषद्ले यो निर्णय गरेको त्रिविका रजिष्ट्रार प्रा.डा पेशल दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार परिषद्ले नै स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति गठन गर्नेछ । समितिले स्ववियु कार्यतालिका प्रकाशन गर्नेछ । यही पुस २१ गते त्रिवि विद्यार्थी कल्याण परिषद्को बैठकले आउँदो चैत ५ गते स्ववियु चुनाव गर्नका लागि त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरेको थियो । सबै विद्यार्थी ...

स्ववियु चुनाव फागुन अन्तिममा गर्ने तयारी

७ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन फागुन अन्तिममा गर्ने तयारी गरेको छ । विश्वविद्यालयको विद्यार्थी कल्याण परिषदको बैठकले फागुन अन्तिममा निर्वाचन गर्ने गरी तयारी गरिरहेको जनाएको छ । त्रिविको कार्यतालिका अनुसार प्रत्येक दुई वर्षमा फागुन १४ स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्नुपर्ने थियो । तर १४ वर्षदेखि त्रिविमा स्ववियु चुनाव हुन सकेको छैन । […]

१४ वर्षपछि त्रिविमा होला त स्ववियु चुनाव ?

२७ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको वाषिर्क क्यालेन्डरमा रहेको स्ववियु निर्वाचन मिति आउँदै गर्दा स्ववियुको चुनाव हुने हल्लाले विद्यार्थी राजनीतिलाई तरंगित बनाएको छ । त्रिविको क्यालेन्डरमा हरेक दुई वर्षको फागुन १४ गते स्ववियु चुनाव हुने उल्लेख छ । तर २०६५ साल यता फागुन १४ गते स्ववियुको चुनाव त्रिविको कार्यतालिकामा मात्रै सीमित हुँदै आएको छ । […]

स्ववियु चुनाव गर्न अखिलको माग

एमालेनिकट अनेरास्ववियुले स्ववियु चुनाव गराउन माग गरेको छ । बुधबार विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा भएको कार्यक्रममा अनेरास्ववियुका नेता तथा पूर्वपदाधिकारीले यस्तो माग गरेका हुन् ।  अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले विद्यार्थीका अधिकारी स्थापित गर्न पनि...

त्रिविका ३६ क्याम्पसमा  १३ वर्षदेखि भएन स्ववियु चुनाव

काठमाडौं । हरेक दुई वर्षमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गर्ने व्यवस्था भए पनि त्रिभुवन विश्वविद्यालयका ३६ आंगिक क्याम्पसमा १३ वर्षदेखि हुन सकेको छैन । उपत्यकाका १३ र उपत्यकाबाहिरका २३ क्याम्पसमा ०६५ यता स्ववियु चुनाव नभएको हो । ०६५ मा त्रिविका देशभरका सबै आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा चुनाव भएको थियो । त्यसको आठ वर्षपछि ०७३ मा उपत्यकाका नौसहित […]