काठमाण्डाै - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बिहान कोटेश्वरमा झण्डै ४५ मिनेट भएको छलफलमा मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल भएको बुझिएको छ ।
सत्तारुढ गठबन्धनबाट सरकारका न्यूनतम साझा कार्यक्रम ल्याउने र मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भइरहेका बेला भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ । नेता नेपाल पक्ष सरकारमा सहभागी हुने नहुनेबारे निर्णय नहुँदा मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई सकस परेको छ ।
नेपाल...