काठमाडौं महानगर मतगणना अपडेट : ३७ हजार ७५१ मतगणना गर्न बाँकी

निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार काठमाडौं महानगरपालिकामा खसेको मतमध्ये ८०.२४ प्रतिशत गणना भइसकेको छ ।  गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा १ लाख ९१ हजार ५१ मत खसेको थियो । खसेको मतमध्ये हालसम्म १ लाख ५३ हजार ३०० मतगणना गरिसकिएको छ । यो भनेको खसेको कूल मतको ८०.२४ प्रतिशत हो । अब ३७ हजार ७५१ मतगणना गर्न बाँकी रहेको छ ।  आयोगका अनुसार हालसम्म भएको मतगणनाअनुसार काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ५० हजार ७५० मत प्राप्त गर्दै सु

सम्बन्धित सामग्री

काठमाडौं महानगर मतगणना अपडेट : ३०० मत गन्दा बालेनको अग्रता कायमै, सिर्जना पछिपछि

काठमाडौं, ३१ बैशाख । काठमाडौं महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म तीन सय मत गणना हुँदा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता कायमै राखेका छन् । उनले ७२ मत ल्याएर अग्रता कायम राखेका छन् । उनलाई नेपाली कांग्रेसकी उम्मेद्धवार सिर्जना सिंहले ७० मत ल्याएर पछ्याएकी छिन्। एमालेका केशव स्थापितले ५९ मत ल्याएका छन्। अहिले […]

काठमाडौं महानगर मतगणना : मध्यराति १२ बजेपछि मात्रै शुरु भयो सर्वदलिय बैठक

वैशाख ३१, काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनाका लागि मध्यराति १२ बजेपछि मात्रै सर्वदलिय बैठक बसेको छ । बैठकमा महानगरमा मेयरका स्वतन्त्र उम्मेदवारको संख्या धेरै भएको भन्दै ५ जना स्वतन्त्र उम्मेदवारले १ जना मात्रै प्रतिनिधि राख्ने विषयमा छलफल भएको छ । उक्त छलफलमा आपत्ति जनाउँदै स्वतन्त्र उम्मेदवार बालेन शाहले मतगणना शान्तिपूर्ण रुपमा हुँदैनकी भन्ने आशंका जन्माएको बताएका छन् । सहमति जुटेमा केही बेरमै महानगरको मतगणना शुरु गर्ने निर्वाचन आयोगको तयारी छ । फोटो : चन्द्रमणी भट्टराई