काठमाडौं महानगर मतगणना : मध्यराति १२ बजेपछि मात्रै शुरु भयो सर्वदलिय बैठक

वैशाख ३१, काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनाका लागि मध्यराति १२ बजेपछि मात्रै सर्वदलिय बैठक बसेको छ । बैठकमा महानगरमा मेयरका स्वतन्त्र उम्मेदवारको संख्या धेरै भएको भन्दै ५ जना स्वतन्त्र उम्मेदवारले १ जना मात्रै प्रतिनिधि राख्ने विषयमा छलफल भएको छ । उक्त छलफलमा आपत्ति जनाउँदै स्वतन्त्र उम्मेदवार बालेन शाहले मतगणना शान्तिपूर्ण रुपमा हुँदैनकी भन्ने आशंका जन्माएको बताएका छन् । सहमति जुटेमा केही बेरमै महानगरको मतगणना शुरु गर्ने निर्वाचन आयोगको तयारी छ । फोटो : चन्द्रमणी भट्टराई