काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी साउथह्याम्पटनसँग पराजित भएको छ । मंगलबार राति भएको खेलमा चेल्सी साउथह्याम्पटनसँग २–१ ले पराजित भएको हो । साउथह्याम्पटनको मैदानमा भएको खेलको २३ औं मिनेटमा रहिम स्ट्रर्लिङले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, २८ औं मिनेटमा रोमिओ लाभियाले गोल गर्दै साउथह्याम्पटनलाई १–१ गोलको बराबरीमा ल्याए । […]