काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ। पार्टीको आसन्न महाधिवेशन र स्थानीय तहका अधिवेशनबारे छलफल गर्न दिउँसो ३ बजे तुलसीलाल स्मृति भवन च्यासलमा बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको छ।गत असोजमा सम्पन्न विधान महाधिवेशनको समीक्षा तथा वडा र स्थानीय तहको अधिवेशनलगायत एजेन्डामा छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। एमालेले कात्तिक ६ गते देशैभर वडा अधिवेशन गर्ने र कात्तिक ९ गते पालिका अधिवेशन गर्ने निर्णय गरेको छ।राष्ट्रिय महाविधेशन मंस