अमेरिका : न्युयोर्कमा ८० हजार मानिस घरबार विहीन

अमेरिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको सहर मानिने न्युयोर्कमा ८० हजार मानिस घरबार विहीन रहेको पाइएको छ । झण्डै १५० वर्षदेखि घरबार विहीन र खाद्य अभावमा रहेकाहरूलाई सेवा गर्दै आएको बोवेरी मिसनले सार्वजनिक गरेको विवरणमा न्युयोर्कका मात्रै ८० हजार मानिसको घर नरहेको देखिएको हो । सन् १९३० को दशक पछि पहिलो पटक घरबार विहीन भएकाहरूको सङ्ख्या […]

सम्बन्धित सामग्री

'च्याटजीपीटी'को प्रतिस्पर्धी 'बार्ड'को अमेरिका र बेलायतमा परीक्षण शुरु

काठमाडौं । ओपन एआईको अन्तरक्रियात्मक प्लेटफर्म च्याटजीपीटी (ChatGPT) को प्रतिस्पर्धी 'बार्ड'को अमेरिका र बेलायतमा परीक्षण शुरु गरिएको छ ।च्याटजीपीटीको लन्चपछि गुगलले ल्याएको ‘बार्ड’को त्यहाँका निश्चित प्रयोगकर्ताहरूमाझ परीक्षण थालिएको हो । परीक्षणपछि यो क्रमशः सबै प्रयोगकर्ताहरूमा रोल आउट हुनेछ ।  'गुगलका ८० हजार कर्मचारीसँग बार्डको परीक्षण गरिसकेपछि पहिलो चरणका रूपमा अमेरिका र बेलायतमा जनतासँग यसको परीक्षण गरिनेछ,' गुगलका सीईओ सुन्दर पिचाईले मंगलवार आफ्ना कर्मचारीहरूलाई भनेका छन्, 'डाटाहरू गलत हुन सक्छन् । तर, उत्पादन र प्रविधि सुधार गर्न प्रयोगकर्ताको प्रतिक्रिया आवश्यक छ ।' एआईको संसारमा माइक्रोसफ्टको ठूलो लगानी भएको कम्पनी ओपनएआई (OpenAI) को च्याटजीपीटी (ChatGPT) अहिले सबैभन्दा अगाडि छ । ChatGPT गत वर्षको नोभेम्बर ३० मा लन्च गरिएको थियो । एक महीनामा यसले १०० मिलियन प्रयोगकर्ताहरू पार गरेको च्याटजीपीटीले नयाँ जानकारी सङ्कलन गरेर नयाँ डाटा उत्पादन गर्न जेनेरेटिभ एआई प्रविधि प्रयोग गरिरहेको छ । यसअघि गुगलले आन्तरिक परीक्षणको लागि भन्दै आफ्ना कर्मचारीलाई मात्र एक्सेस दिएको थियो । गुगलका उपाध्यक्ष प्रभाकर राघवनले कर्मचारीहरूलाई आर्टिफिसियल इन्टेलिजेन्समा आधारित बार्डलाई आन्तरिकरूपमा परीक्षण गर्दा प्रतिक्रियाहरू कसरी समाधान गर्नुपर्छ भन्ने निर्देशनहरू सहितको लिङ्क समावेश गरेर इमेल लेखेका थिए । यसका साथै सीईओ सुन्दर पिचाईले कर्मचारीहरूलाई आफ्नो समयको दुईदेखि चार घण्टा बार्डमा बिताउन आग्रह गरेका थिए ।  'यो रोमाञ्चक प्रविधि हो । तर, अझै यो प्रारम्भिक दिनहरूमा छ,' राघवनले लेखेका थिए, 'हामी यसलाई सही बनाउनको लागि प्रयास गरिरहेका छौं ।  तपाईंको सहभागिताले मोडेलको प्रशिक्षणलाई तीव्र पार्न र यसको लोड क्षमतासमेत परीक्षण गर्न मद्दत गर्नेछ।' यसअन्तर्गत गुगलले कर्मचारीहरूलाई प्रतिक्रियाहरू 'विनम्र, अनौपचारिक र पहुँचयोग्य' राख्न निर्देशन दिएको छ । कर्मचारीहरूलाई स्टेरियोटाइप नगर्न र जाति, राष्ट्रियता, लिङ्ग, उमेर, धर्म, यौन झुकाव, राजनीतिक विचारधारा, स्थान वा समान विषयमा आधारित अनुमानहरू नगर्न भनिएको छ । एजेन्सी

अमेरिकाको मिसिसिपीमा खानेपानीको हाहाकार

अमेरिका । अमेरिकाको मिसिसिपीको ज्याक्सनका करिब एक लाख ८० हजार बासिन्दालाई खानेपानीको अभाव भएको छ ।  अत्यधिक वर्षा र बाढीका कारण भरपर्दो दैनिक पिउने पानीकाे पहुँचबाट उनीहरू अनिश्चित रूपमा टाढिएका छन् ।  गत सप्ताहान्तमा आएकाे बाढीको कारण सहरको मुख्य पानी प्रशोधन परिसर क्षतिग्रस्त भएपछि पानीको चरम अभाव हुन थालेको हो ।  पानी अभाव भएपछि...

अमेरिका भन्छ –युक्रेन युद्धमा ८० हजार रुसीको मृत्यु भएको हुन सक्छ

२४ फेब्रुवरीमा युक्रेनमाथि भएको रुसी हमलामा अहिलेसम्म ८० हजार रुसी मारिएका र घाइते भएका हुन सक्ने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका एक वरिष्ठ अधिकारीले बताएका  छन् ।

अमेरिकामा एकैदिन १० लाख बढीमा कोरोना संक्रमण पुष्टि

२१ पुस, काठमाडौं । अमेरिकामा एकै दिन १० लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितको संख्या राख्दै आएको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सोमबार अमेरिकामा १० लाख ८० हजार २११ नयाँ संक्रमित फेला परेका छन् । हाल अमेरिका, युरोप, अफ्रिकाका विभिन्न मुलुकहरुका साथै छिमेकी भारतमा पनि कोरोना संक्रमणको नयाँ लहर बढ्दै गएको छ […]

भारतको चिया निर्यात दोहोरो अंकले घट्यो

कात्तिक १, नयाँदिल्ली (भारत) । यस वर्षको पहिलो सात महीनामा भारतको चिया निर्यात दोहोरो अंकले घटेको छ । चिया विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार जनवरीदेखि जुलाईसम्मको अवधिमा कुल १० करोड ७ लाख ८० हजार केजी चिया निर्यात भएको छ ।  यो गत वर्षको सोही अवधिको तुलनामा १४ दशमलव ४ प्रतिशत कम हो । त्यतिबेला भारतबाट कुल १ करोड ७५ लाख ६० हजार केजी चिया निर्यात भएको थियो । समीक्षा अवधिमा भारतबाट इरान, चीन र बेलायत सबैतिर चिया निर्यात घटेको तथ्यांकले देखाएको छ । अमेरिका र संयुक्त अरब इमिरेट्सतर्फको निर्यात मात्रै बढेको छ । एजेन्सी

यस्तो छ अहिले अमेरिकाको हाल : नेपालमा रहनुभएकाहरु धेरै नआत्तिनुस्

दिपकराज तिवारी - यो आलेख तयार पार्दासम्म संयुक्त राज्य अमेरिकामा मात्रै ३७ हजार ७ सय ८२ मानिसको कोभिड-१९ भाइरसका कारण मृत्यु भएको छ भने कूल ७ लाख ८० हजार ३ सय ३० जना यसबाट संक्रमित भएका छन्। न्युयोर्क टाइम्सले अध्यवधिक गरेको यस तथ्याकंले अमेरिका कोरोना भाइरसका कारण प्रभावित हुने

सुनको मुल्य तोलामा ७६ हजार पाँच सय

मंगलबार सामान्य घटेको सुनको मुल्य बुधबार आएर फेरी उकालो लागेको हो । मंगलबार प्रतितोला ७५ हजार ५ सयमा कारोबार भएको सुन एकैदिन एक हजार रूपैयाँले बढेर ७६ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले अमेरिका र इरानबीचमा भएको द्वन्द्वका कारणले सुनको मुल्य अकासिन पुगेको बताए । अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य प्रतिऔंस एक हजार ६ सय डलर पुगेपछि स्थानीय बजारमा तोलामा ८० हजार पुग्ने उनको भनाइ छ ।

१ लाख ८० हजार शरणार्थीलाई ग्रीन कार्ड दिने योजना

अमेरिकाले करिब दुई लाख शरणार्थीहरुलाई ग्रीन कार्ड उपलव्ध गराउने भएको छ। ट्रम प्रशासनले विभिन्न समयमा अमेरिका प्रवेश गरेका शरणार्थीहरुलाई ग्रीन कार्ड दिने योजना बनाएको हो। विगत १२ वर्षदेखि अवैधानिक रुपमा बस्दै आएका करिव एक लाख ८० हजारलाई यो सुविधा दिने ट्रम्प प्रशासनले बनाए पनि अन्तिम भने होइन।