सरकारका तीन शक्तिशाली मन्त्री एकै साथ विदेश भ्रमणमा जान लागेका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्थमन्त्री जनार्दन शर्माको अमेरिका, कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) स्वीडेन र भूमि, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठको इजरायल भ्रमण स्वीकृत गरेको हो । सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले मंगलबार मन्त्रिपरिषद बैठकका निर्णय सुनाउँदै अमेरिकाको वासिङटन डिसीमा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग ल